प्रेस सेन्टर मधेश प्रदेश समितिको पहिलो बैठक सम्पन्न

391
SHARES
515
VIEWS

धनुषा । पाँचौं प्रदेश अधिवेशनबाट निर्वाचित प्रेस सेन्टर नेपाल मधेश प्रदेश समितिको पहिलो बैठक शुक्रबार जनकपुरधाममा सम्पन्न भएको छ ।

बैठकमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूबीच संगठन सुदृढीकरण, कार्य विभाजन, भावी कार्ययोजना निर्माणलगायत विषयमा छलफल गरिएको थियो। कार्यक्रममा मधेश प्रदेशभरिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

बैठकले प्रदेशस्तरीय सञ्चारकर्मीहरूको पेशागत हकहित संरक्षण, संगठनात्मक एकता तथा सशक्त प्रेस आन्दोलनका लागि संयुक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको बताइएको छ।

प्रेस सेन्टर नेपाल मधेश प्रदेश समितिको आयोजनामा सम्पन्न भएको बैठकमा सहभागीहरूले पत्रकारिता क्षेत्रका पछिल्ला चुनौती र सम्भावनामाथि पनि विचार–विमर्श गरेका थिए ।

नवनिर्वाचित प्रेस सेन्टर नेपाल मधेस प्रदेश अध्यक्ष निरज पिठाकोटेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य मातृकाप्रसाद यादवले ल्यापटपको स्वीच थिचेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मातृकाप्रसाद उआदव, प्रेस सेन्टर केन्द्रिय अध्यक्ष कमल गिरी, प्रचारप्रसार विभागका गोविन्द देवकोटा, नेपाल पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष रामकृष्ण अधिकारीलगायतले पेशागत व्यवसाय श्रमजीवी प्रेस सेन्टर नेपालको बारेमा महत्त्वपूर्ण मन्तव्य राखेका थिए ।

बैठकले गत फागुन १० गते भएको निर्वाचनमा निर्वाचित पदाधिकारीहरुलाई नवनिर्वाचित प्रमाणपत्र समेत प्रदान गरेका थिए । सो चुनावमा रिक्त रहेको उपाध्यक्ष पदमा मन्जु साहलाई समेत मनोनीत गरेका थिए । त्यसतैगरी ३ जना अनुशासन समिती पनि गठन गरेको छ । जसमा अशेष ढुंगानाको नेतृत्वमा ३ सदस्यीय समिती गठन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित