निजगढमा दिगो वन व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न

410
SHARES
540
VIEWS

बारा । वनसम्बन्धी प्रणालीमा आधारित दिगो वन व्यवस्थापन सम्बन्धी प्रदेशस्तरीय सरोकारवालाहरूको अन्तरक्रिया गोष्ठी बारा जिल्लाको निजगढमा सम्पन्न भएको छ।

मधेश प्रदेश सरकारअन्तर्गतको वन तथा वातावरण मन्त्रालय, जनकपुरधाम धनुषाको आयोजनामा गोष्ठी जेठ १६ गते निजगढस्थित होटल राजमार्गमा आयोजना गरिएको हो । कार्यक्रममा दिगो वन व्यवस्थापनको अवधारणा, प्रदेशस्तरीय योजना, र स्थानीय सरोकारवालाहरूको भूमिका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा विभिन्न जिल्लाबाट सरोकारवाला निकायका प्रतिनिधि, वन विशेषज्ञ, सम्बन्धित निकायका कर्मचारी तथा स्थानीय समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । गोष्ठीमा प्रदेशमातहत ४ जिल्ला बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाको वन व्यवस्थापनका समस्या, समाधानका उपाय र दीर्घकालीन रणनीति निर्माणमा जोड दिइएको थियो ।

जिल्ला वन अधिकृत राजीवकुमार झाको अध्यक्षतामा भएको कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी प्रमुख अतिथिको सहभागी रहेका थिए । त्यसैगरी अतिथिहरुमा मधेस प्रदेश वन निर्देशलायका निर्देश जगन्नाथ प्रसाद जयसवाल, फेकोफन बारा  अध्यक्ष रामजी बजगाई, फेकोफन निजगढ अध्यक्ष कुशबहादुर थापा, उपाध्यक्ष धनबहादुर खुलाललगायतका रहेका थिए ।

त्यस्तै सहभागी सरोकारवाला वन प्रतिनिधिहरुलाई डिभिजन वन कार्यालय बाराका वन अधिकृत राजीवकुमार झा, निजगढ सव डिभिजनका अधिकृत निरज पोखरेल, भु-संरक्षण पर्साका अधिकृत अनिल कोईरालाले प्रोजेक्टरमा स्लाईट मार्फत सहभागीलाई प्रस्तुति दिएका थिए ।

कार्यक्रमलाई नगर प्रमुख सुरथ पुरी, रामजी बजगाईलगायतले वन सम्बर्द्धन प्रणालीको बारेमा चर्चा परिचर्चा गरेका थिए । कार्यक्रम आर्थिक वर्ष २०८१/८२ भित्रका वन तथा वातावरण मन्त्रालयका गतिविधिहरूको एक महत्वपूर्ण अंगको रूपमा आयोजित गरिएको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित