बारा । चर्चित संगीतकर्मी साम्तेन मोक्तानको शब्द संगितमा गायक विरु घलानको नयाँ गीतको म्युजिक भिडियोसहित ‘चोखो माया’ चाँडै दर्शकमाझ आउने भएको छ ।
सञ्जीव थोकरको निर्देशनमा तयार भएको यो म्युजिक भिडियोमा बुद्ध लामा, याङ्गी दोङ, साप्रिन लामा र निशा घिसिङले मुख्य भूमिकामा अभिनय गरेका छन् ।
गीतमा बिरु घलान र सुमिना लोको सुमधुर स्वर रहेको छ भने शब्द संगीत साम्तेन मोक्तानको रहेको छ । गितमा सानु बाबु घिसिङले एरेन्ज तथा मिक्सिङ गरेका छन् ।
त्यस्तै गरि भिडियोको छायांकन दुर्गा श्रेष्ठले गरेका हुन् भने सम्पादन प्रकाश परियारले गरेका छन् । रंग संयोजन अनिल बिष्ट प्युठानीले गरेका छन् ।
भिडियोको नृत्य संयोजन ‘डाइनामिक डान्स स्टुडियो’ले गरेका छन् भने कोरियोग्राफर तथा निर्देशक सञ्जीव थोकर हुन् ।
‘चोखो माया’ को भिडियो ‘जल राप्ती डिजिटल म्युजिक’ प्रा.लि.ले निर्माण गरेका थिए । भने साम्तेन मोक्तान युट्युव च्यानल मार्फत आउदो शुक्रबार सार्वजनिक गरिने छ । गीतलाई श्रोतामाझ ल्याउन सम्पूर्ण टोली उत्साहित देखिएको छ ।




















Discussion about this post