राष्ट्रिय युवा संघ नेपालको महाधिवेशन : मधेसमा  सुमन पुरीको प्रभाव देखिएपनि पराजय

641
SHARES
843
VIEWS

बारा । पोखरामा सम्पन्न राष्ट्रिय युवा संघ नेपालको १०औं राष्ट्रिय महाधिवेशनमा सुमन पुरी पराजित भएका छन्। यद्यपि, उनले मधेस प्रदेशबाट प्रतिस्पर्धी क्षितिज थेबेलेभन्दा लोकप्रिय मत प्राप्त गरेका थिए ।

मधेस प्रदेशबाट खसेको १०३ मतमध्ये पुरीले ६४ मत प्राप्त गरेका थिए भने थेबेले ३९ मत मात्र प्राप्त गरे। मधेस प्रदेशमा पुरीको पक्षमा प्रदेश सह–इञ्चार्ज तथा स्थायी कमिटी सदस्य तिलक घलानको नेतृत्वमा बलियो संगठनात्मक समर्थन देखिएको थियो। पुरीको समर्थक मधेस प्रदेशबाट तिलक घलान एक्लै उभिएर पुरीलाई लोकप्रिय मत दिलाएका थिए ।

त्यस्तै अध्यक्ष थेवेको प्यानलबाट मधेस प्रदेशबाट निर्वाचित सचिव मोबिन आलम, सचिवालय सदस्य भावना आचार्य, पूर्व प्रदेश इञ्चार्ज मनिष श्रेष्ठ, र केन्द्रीय सदस्यहरू दीपिका साह, राम यादव, रबि गुप्ता, जितेन्द्र चौधरीजस्ता नेताहरू खुलेर उभिएका थिए ।

अर्कोतर्फ, क्षितिज थेबे पक्षमा संख्यात्मक रूपमा धेरै मधेसी नेताहरू रहे पनि, उनीहरू पुरीले जत्ति प्रभावशाली मत ल्याउन सफल भएनन्। मधेसमा पुरीले स्पष्ट बहुमत ल्याए पनि समग्र मत परिणाममा भने थेबेले विजय हात पार्न सफल भएका हुन्।

महाधिवेशन गण्डकी प्रदेशको पोखरामा यही जेष्ठ ९ देखि १२ गतेसम्म सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित