बारा । बाराको निजगढ नगरपालिकाले नगर भित्र रहि संचालन रहे सम्पुर्ण सामुदायिक वन उपभोक्ता समुह प्रस्ताव पेश गर्न आव्हान गरेको छ ।
चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सामुदायिक वन उपभोक्ता समूहहरूलाई यस्तो आव्हान गरेको हो ।
नगरपालिकाले वन क्षेत्रको जैविक विविधता संरक्षण, पशुपन्छीका लागि आवश्यक घाँस संरक्षण, पानी स्रोतको संरक्षण तथा सानातिना रिचार्ज पोखरी निर्माणका लागि नगर भरीको सबै वन समुहलाई प्रस्ताव पेश गर्न अनुरोध गरेको छ ।
नगरपालिकाले सूचना जारी गर्दै निजगढ नगरपालिकाभित्र रहेका सामुदायिक वन उपभोक्ता समूहहरूलाई सात (७) दिनभित्र आवश्यक कागजातसहित कार्यालयमा प्रस्ताव पेश गर्न आह्वान गरेका हुन ।
प्रस्ताव पेश गर्दा उल्लेखित कागजातहरू जस्तै सामुदायिक वन उपभोक्ता समूह दर्ता प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर (PAN) प्रमाण–पत्रको प्रतिलिपि, आ.व. २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन, प्राविधिक तथा आर्थिक प्रस्ताव (क्षेत्र स्पष्ट हुने GPS लोकेसनसहित), कार्यक्षेत्रभित्र रिचार्ज पोखरीको आवश्यकता पहिचान गरिएको विवरण, वन समितिको बैठकको निर्णय प्रतिलिपि र वडा कार्यालयको सिफारिस अनिवार्य रूपमा समावेश गर्नु पर्ने प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर अर्यालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।






















Discussion about this post