बारा । केही वर्ष तथा कुनै समय देखि नेपाली गित संगीतमा आबद्ध हुदै आएक गायक हुन् विरु घलान ।
गित संगीत भने पछि कसलाई मन नपर्ला र त्यहि क्रममा सानै देखि गित संगीत भने पछि हरुक्कै हुने पछिल्लो समय गायनमा आफ्नो चर्चा कमाउदै आएका गायक हुन् ! विरु घलानले आफ्नो नयाँ गित बजारमा ल्याएर आएका छन् ।
तामाङ्ग सेलो गित संगीतको बजारमा गायक घलानले संगितकार तथा रचनाकार साम्तेन मोक्तानसंगको सहकार्यमा “तामाङ्ग ह्वाईरी स्याई”, “सल्लाले मान्छेउ की”? लगायतका गितहरु ल्याएर आइसकेका थिए भने अहिले आएर आफ्नो नयाँ गित “तामाङ्गको छोरो” ल्याएर आएका छन् ।
उनका यी गितहरु अहिलेका युवा पुस्ता माझ एकदमै चर्चित गित बनिरहेका छन् ।
अहिले आफ्नो नयाँ कोसेली (तामाङ्गको छोरो) बोलको गित बजारमा चर्चित बन्दै गईरहेको छ । चर्चा संगै आफ्नो नयाँ गित ल्याएर आएका गायक विरु घलान छोटो समय मै लोकप्रिय र स्रोताहरुको मन जित्न सफल भएका छन ।
यहि क्रमलाई पछ्याउदै नयाँ गित (तामाङ्गको छोरो) गितले फड्को मार्दै छन् । गायक घलानको यो गितको म्युजिक भिडियो पनि बनेको छ ।
भिडियो संगै जवानीको चर्चा अनि त्यहि जवानीको कथा बस्तुलाइ निर्देशक संजिव थोकरले समेट्ने कोसिस गरेका छन् । चर्चित संगीतकार साम्तेन मोक्तानको शब्द रचना अनि सानुबाबु घिसिङको संगीत संयोजन संगै घिसिङको यो गीतमा एरेन्ज रहेको छ ।
यसैगरि यो गितको म्युजिक भिडियोमा चर्चित मोडेल सन्जना गुरुङ्ग अनि अमृत तामाङ्ग (जिग्री) को प्रस्तुति रहेको छ त्यहि प्रस्तुतिलाई सजिव थोकरले नै छायांकन गरेका छन् ।
गायक घलानले “तामाङ्गको छोरो” को सफलता प्राप्त पछी नयाँ गित “चोखो माया” ल्याउने झमर्को गर्दै छन । पछिल्लो समय गायक तामाङ्ग सेलो जगतमा निकै लोकप्रिय बनेको छ ।
गितको लिंक तल राखिएको छ कृपया लिंकमा छोएर म्युजिक भिडियो हेर्दिनु होला






















Discussion about this post