बारा । शुक्रवार आएको हुरीले केराको बोट ढालेर निजगढका किसानहरुले लगाएको करोडौं मूल्य बराबारको केरा खेती नष्ट पारेको छ ।
हुरीले पाक्ने बेला भएको केराको बोट ढालेपछि निजगढ नगरपालिकाका किसानको ४ करोडभन्दा बढी रकम बराबरको केरा खेती नष्ट भएको बारा जिल्ला फलफुल तथा केरा उत्पादक संघका अध्यक्ष एकबहादुर श्रेष्ठले बताए ।
संघका अध्यक्ष श्रेष्ठका अनुसार हुरीले नगरमा किसानले गरेको केरा खेतीमा पुर्याएको विवरण संकलन गर्ने कार्य भइरहेको र वडा नम्बर ९ मा सबैभन्दा बढी क्षति भएको छ ।
‘वडा नम्बर ९ मा मात्रै २ करोडभन्दा बढीको केरा खेती नष्ट भएको स्थानीय किसानले बताए । त्यस्तै स्थानीय किसान मुकुन्द पौडेलले भने, वडा नम्बर ७ मा किसानले लगाएको २३ सयभन्दा बढी केराको बोट हुरीले ढालेको छ ।’
किसानका अनुसार हुरीले वडा नम्बर ९ का चित्रप्रसाद चौलागाईलगायत दर्जनौं किसानको केरामा क्षति पुगेको छ ।
केरा पकेट क्षेत्र घोषणा भएपछि निजगढका सयौं किसानले केरा खेती गर्दैआएका छन । निजगढमा उत्पादन भएको केरा प्रतिघारी ६ सयदेखि ९ सय रुपैयासम्ममा बिक्री हुदैआएको छ ।






















Discussion about this post