इलाका प्रहरी कार्यालय निजगढले लागू औषधसहित ५ जना पक्राउ

454
SHARES
598
VIEWS

बारा । इलाका प्रहरी कार्यालय निजगढले ठूलो परिमाणको लागु औषधसहित ५ जनालाई पक्राउ गरेको छ ।

निजगढ ४ स्थित मोहोरी खोला नजिकबाट प्रतिबन्धित लागु औषध  खरिद बिक्री भइरहेको भन्ने विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय निजगढबाट खटेको प्रहरी टोलीले निजगढ नगरपालिका १० चौकीटोल बस्ने अन्दाजी वर्ष २८ को प्रेम वाइबा, सोही ठाउँका अन्दाजी वर्ष २२ को धनबहादुर थिङ, अन्दाजी वर्ष ३० को ज्ञानबहादुर घलान, निजगढ वडा नम्बर १० बिच टोल बस्ने अन्दाजी वर्ष २४ को अमृत दुलाल र मकवानपुरको बकैया गाउँपालिका ६ भालु खोलाका अन्दाजी वर्ष २५ को बिजय योञ्जनलाई आज दिउसो ४ बजे नियन्त्रणमा लिएको हो ।

उनीहरुको शरीर र झोलासमेत चेकजँच गर्दा प्रतिबन्धित लागु औषध ५७ पत्ता ट्रमाडोल– ५०, ५ पत्ता एन्टिकोफ ट्याब्लेट र ५ पत्ता डेभोक्सिन– १० बरामद भएको र बरामद लागु औषधसहित नियन्त्रणमा लिएर निजहरुमाथि थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय निजगढमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित