प्रथम नगर स्तरीय तेक्वान्दो खुला प्रतियोगिताको १३ स्वर्णसहित जनज्योति डोजाङ प्रथम

402
SHARES
529
VIEWS

बारा । बाराको निजगढमा भएको नगर स्तरीय खुल्ला तेक्वान्दोमा १३ स्वर्ण सहित ४० पदक जितेर निजगढ ९ जनज्योति तेक्वान्दो डोजाङ्गले प्रतियोगिताको ट्रफी हात पारेको छ ।

प्रतियोगितामा पहिलो भएको जनज्योतिले नगद ३० हजारसंगै ट्रफी जितेको हो । जनज्योतिले १० रजत र १७ वटा कास्य पदक जितेको छ भने नेत्रोदयले ९ रजत र १० कास्य पदक जितेको छ । त्यसैगरी प्रतियोगितामा दोस्रो भएको नेत्रोदय मावि डोजाङ्गले १३ स्वर्णसहित ३२ पदक जितेको छ ।

उसले २० हजार नगद पुरस्कार पाएको छ ।  त्यसैगरी प्रतियोगितमा तृतीय स्थान हासिल गरेको नेरामावि सिगौंलले २६ वटा पदक जितेको छ । नेरामावि सिगौंलले ८ स्वर्ण, ८ रजत र १० वटा कास्य पदक जितेको थियो ।

उसले १० हजार पुरस्कार पाएको छ । पुम्सेतर्फ मिक्स डबल र पुरुष सिङ्गल तर्फको स्वर्ण पदक जनज्योतिले जितेको छ । पुम्से महिलातर्फ भने नेरामावि सिंगौल डोजाङ्गले स्वर्ण जितेको थियो ।

प्रतियोगितामा बारा निजगढ डोजाङ्गले ५ रजत र ११ कास्यसहित १६ पदक जितेको छ भने स्मार्टसिटी डोजाङ्गले २ रजत र ६ कास्यसहित ८ वटा पदक हात पारेको छ । सत्यश्वर डोजाङ्गले ४ कास्य पदक हात पारेको छ ।

त्यसैगरी प्रतियोगितामा पुरुषतर्फ नेत्रोदय तेक्वान्दो डोजाङ्गका बुद्धिनाथ तिमल्सिना र महिलातर्फ जनज्योतिकी गुराश तामाङ्ग सवोत्कृष्ट खेलाडी घोषित भएका छन ।

प्रतियोगिताका विजयी टोली र खेलाडीहरुलाई  निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्गलगायतले पुरस्कार र ट्रफी वितरण गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले निजगढ नगरपालिकाले आगामी दिनमा पनि तेक्वान्दो खेलको  विकासमा थप लगानी गर्ने बताए ।

महिला पुरुषको ३४ तौल समूहका १ सय ५० भन्दा बढी खेलाडीहरुको सहभागिता रहकेो सो प्रतियोगितामा निजगढको बारा जिल्ला तेक्वान्दो डोजाङ, श्री नेत्रोदय तेक्वान्दो डोजाङ, श्री जनज्योति तेक्वान्दो डोजाङ, स्मार्ट सिटी बागदेव तेक्वान्दो डोजाङ, श्री नेरामावि तेक्वान्दो डोजाङ र सत्यश्वर तेक्वान्दो डोजाङका १ सय ५० भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो ।

निजगढ नगरपालिका निजगढ नगर खेलकुद विकास समितिको आयोजनामा शुक्रवारबाट शुरु भएको प्रथम नगरस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित