बारा । निजगढ र कोल्हवी नगरपालिकामा पर्ने बकैया खोलामा ठेकेदार कम्पनीद्वारा गरिएको नदीजन्य पदार्थ उत्खननको जिल्ला अनुगमन समितिले स्थलगत अनुगमन गरिएको छ ।
जिल्ला समन्वय समिति (जिसस) बाराका प्रमुख नरेन्द्र साह, प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीसहितको टोलीले खोला क्षेत्रको निरीक्षण गर्दै मापदण्डविपरीत दोहन नगर्न निर्देशन दिएको हो ।
टोलीले ठेकेदार कम्पनीलाई वातावरणीय परीक्षण अनुसार मात्रै उत्खनन गर्न र ओसारपसार पारदर्शी बनाउने निर्देशन दिएको छ ।
निजगढ र कोल्हवी नगरपालिकाले चालू आर्थिक वर्षमा खोला उत्खननका लागि क्रमशः जय गणेश सप्लायर्स र महागौरी सप्लायर्स कम्पनीलाई ठेक्का दिएको थियो। दुवै कम्पनीले कात्तिक महिनाबाट उत्खनन सुरु गरेका हुन ।
उत्खनन तोकिएको परिमाणमा सीमित हुनुपर्ने कानुनी व्यवस्था भए पनि खोलाबाट कति परिमाणमा उत्खनन भइसकेको छ भन्ने विवरण माग गरिएको जिससले जनाएको छ ।
यसबीच, चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले उत्खननविरुद्ध अदालतमा मुद्दा दायर गरिसकेको छ, जुन हाल विचाराधीन अवस्थामा छ ।






















Discussion about this post