सोनाम ल्होछर कार्यक्रमको तयारी पूरा यी कलाकारहरु बारा आउदै

445
SHARES
586
VIEWS

उमेश घलान/बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगरमा हुन गईरहेको बृहत संस्कृतिक सोनाम ल्होछार कार्यक्रममा यि कलाकारहरु आउने भएका छन । २ दिन सम्म संचालन रहने ल्होछर कार्यक्रममा राष्ट्रिय ख्यतिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने छन । यहि माघ १९ गते देखि हुन गईरहेको २०६० औं “डुक ल्हो” “गडुल वर्ग” सोनाम ल्होछर २०८० मा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । जसमा राष्ट्रिय ख्यतिप्रापत कलाकारहरुको सहभागिता रहने आयोजकले जनाएको छ । नेपाल तामाङ्ग घेदुङ्ग बारा जिल्ला समन्वय समितिका अध्यक्ष सुर्य घलानले दिएको जानकारी अनुसार उक्त कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त कलाकार वरिष्ठ गायक रोजबहादुर मोक्तान, विशाल काल्तान, गायिका जितु लोप्चन, साम्तेन मोक्तान र गायक हिरा दोङ ललगायतका कलाकारहरुको बेजोड प्रस्तिुति रहनेछ भने स्थानिय कलाकारहरुको समेत प्रस्तुति रहनेछ । ल्होछरको पहिलो दिन माघ १९ गते सोनाम ल्होछरको विश्वव्यापी सन्देश मुलक शान्ति यात्रा र्‍याली रहेका छन ।

ल्होछरको मुख्य आर्कषकमा यस क्षेत्र मै पहिलो पटक आयोजना हुन लागेको छ । जसमा नेपालकै उत्कृष्ट कलाकारहरुको सहभागिता रहने छन ।सो आयोजनामा विभिन्न परिकारको करिब ३० स्टलमा रहने छ जसभित्र स्थानीय र तराई परिकार रहने छ । ल्होछर कार्यक्रम भोली माघ १९ संचालन हुन अब १ दिन मात्र बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित