२५६९ औं बुद्ध जयन्तीको अवसरमा निजगढ नगर बौद्ध सम्पदा दर्शन र शान्ति यात्रा

385
SHARES
506
VIEWS

उमेश घलान/बारा । भगवान बुद्धको जन्म, सम्बोधिलाभ तथा महापरिनिर्वाण भएको त्रिसंयोगपूर्ण पवित्र दिन वैशाख पूर्णिमा (बुद्ध सम्वत् २५६९) को पावन अवसरमा बुद्ध जयन्ती समारोह समिति र नेपाल तामाङ घेदुङ बारा र निजगढको आयोजनामा बौद्ध सम्पदा दर्शन र शान्ति यात्रा भएको छ ।

सो शान्ति यात्रा निजगढ बुद्धचोकदेखि शुरू भएको र्‍याली सहिद चोक, भमरा पुल, टेलिकम चोक हुँदै पुनः बुद्धचोक पुगेर समापन भएको हो । करिब ४ किलोमिटरको यो सांस्कृतिक एवं आध्यात्मिक यात्रा बौद्ध दर्शन र शान्तिको सन्देश जन–जनमा फैलाउने उद्देश्यले आयोजना गरिएको हो ।

आजको अस्थिर समय, द्वन्द्व र मानसिक तनावले भरिएको युगमा बुद्धको शिक्षाले मानिसहरूलाई शान्ति, करुणा र विवेकको बाटो देखाउने गहिरो क्षमता राख्दछ । यस अभियानले बुद्धका शिक्षालाई व्यवहारमै अवलम्बन गर्ने र नयाँ पुस्तामा प्रवर्द्धन गर्ने अवसर पनि प्रदान गर्दै आएको छ ।

शान्ति यात्रा र सद्भाव पद र्‍यालीले यो यात्रा विगत केहि वर्षदेखि निरन्तर आयोजना गर्दै आएको छ । यस शृंखलाको आरम्भ २०८१ सालमा “इतिहासमै पहिलो पटक निजगढका रहेका सम्पुर्ण बोधीमार्गी र बैद्ध विहार गुम्बा लगायय्ले बौद्ध सम्पदा दर्शन यात्रा-२०७८१ बाट संयुक्त रुपा मनाउने शुरु गरेका थिए ।

त्यसपछिका हालको वर्षहरूमा निजगढले बौद्ध सम्पदा दर्शन यात्रा २०८२  बौद्ध सम्पदा दर्शन शान्ति यात्रा सफलतापूर्वक सम्पन्न भएका हुन । यस वर्षको संस्करण “निजगढ–सिङ्गौल र रतनपुर क्षेत्रले संयुक्त रुपमा बौद्ध सम्पदा यात्रा- २०८२ का रूपमा सम्पन्न गर्न सफल भएको हो । “यस कार्यक्रमका मुख्य अतिथि निजगढका दोर्जे लामा लोपेन हिषे रहेका थिए ।

बिहान ७ बजे शान्ति पाठ तथा बौद्ध झण्डा हस्ताणतरण मन्त्र वाचन पश्चात यात्रा शुरू भएको थियो । कार्यक्रममा मधेस प्रदेश सभा सदस्य मिना लामा, निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीलगायतले कार्यक्रमको सम्बोधन गरेका थिए ।

त्यस्तै उपस्थितिमा उपप्रमुख सोममाया थिङ्, निजगढ नगरपालिकाका पुर्व प्रमुख सुरेशकुमार खनाल, बारा जिल्ला नेपाल तामाङ घेदुङ अध्यक्ष सुर्य घलान लगायत सहभागी रहेका थिए । त्यस्तैगरी राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेस निजगढ नगर सभापति नवराज तिमल्सिना, नेकपा एमाले निजगढ नगर कमिटीका अध्यक्ष तिलक घलान, नेकपा (माओवादी केन्द्र) निजगढ नगर कमिटी अध्यक्ष संतोष दंगाल, राष्ट्रिय स्वतन्त्र पार्टीका बारा जिल्ला समिति सचीव रामहरि खरेल, जन्मत पार्टीका निजगढ नगर अध्यक्ष मोजहर मन्सूर र नेकपा (एकीकृत समाजवादी) नगर अध्यक्ष भिमसेन सापकोटालगायतको सहभागी रजेका थिए ।

कार्यक्रममा सहभागीहरुलाई साथी सहकार्य नेपालले प्रसाद नामक खिर र खाजाको प्रवन्ध गरेर सम्पुर्ण सहभागीहरुलाई खाजा वितरण गरेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित