मेचिमहाकाली बुहारी संयुक्त आवाजले बुद्ध जयन्तीमा सद्भाव र्‍यालीमा सहभागीलाई मोहि र पानी वितरण

416
SHARES
548
VIEWS

बारा । बाराको निजगढमा २५६९ औं बुद्ध जयन्तीको अवसरमा सद्भाव र्‍यालीमा सहभागीहरुलाई २५ कार्टून मिनरल वाटर र ५ सय बोत्तल मोहि वितरण गरेको छ ।

मेचीमहाकाली बुहारी संयुक्त आवाजले सेवा नै धर्म हो भन्ने हेतुले शान्ति पद यात्रालाई सो मोहि र शुद्ध पिउने पानी वितरण गरिएको संस्थाकी उपाध्यक्ष सगुन लामाले बताईन ।

गएको वर्ष निजगढको सम्पुर्ण तामाङ घेदुङ र विभिन्न गुम्बा, चैत्य र अन्य संघ/संस्थाले ऐतिहास मै पहिलो पटक संयुक्तमा बुद्ध जयन्ती मनाएको थियो । सोही अवसरमा बुहारी संयुक्त आवाजले शुद्ध पिउने पानी मिनरल वाटर र बिस्कुट वितरण गरि र्‍यालीमा सहभागीहरुलाइ सेवा गरेका थिए ।

बुहारी आवाजले यदि मात्र नभई आगलागी, क्यान्सर पीडित, विपन्न परिवार, प्राणघातक रोगीहरुलाई विभिन्न कालखण्डमा आर्थिक सहयोग समेत गर्दै आएको छ ।

बारा शाखा मेचीमहाकाली बुहारी संयुक्त आवजकी अध्यक्ष चन्दिका मगर, उपाध्यक्ष सगुन लामा, सचीव, उषा मोक्तान र सदस्यहरु पारु थापा, कल्पना खरेल र  शान्ति लामालगायतका सदस्यहरु रहेका थिए ।

अध्यक्ष मगरको नेतृत्वमा बारा जिल्ल मै सक्रिय रहेको सो बुहारी आवाज संस्थाले मानव जिवनमा आईपर्ने विभिन्न दु:खद घटनाहरुमा सहाराको एक पाटो बनेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित