प्रथम विकल रेग्मी जुनियर  उपाधिका लागि वडा ११ र ४ भिड्ने

399
SHARES
525
VIEWS

बारा । बाराको निजगढमा प्रथम विकरेग्मी स्मृति जुनियर फुटवल प्रतियोगिताको उपाधिका लागि वडा नम्बर ११ र वडा नम्बर ४ रियल बेटिस भिड्ने भएको छ ।
आइतबार निजगढ-९ सहिद हिरालाल रंगशालामा वडा नम्बर ७ सँग भएको सेमिफाइनलको खेलमा १–० ले जित निकाल्दै वडा नम्बर ११ को फाइनलमा पुगेको हो ।

सेमिफाइनल खेलको अन्तिम समयमा निकस गुरोले १ गोलको आरामदायी अग्रता बनाएको थियो । गुरोले आफ्नो टोलिका लागि खेलको ३८ औँ मिनेटमा डिबक्स नजिकबाट प्रहार गरेको गोल नै निर्णायक बन्यो । त्यस्तै शुक्रबार भएको अर्को सेमिफाइनलमा वडा नम्बर ४ ले वडा १ सँग ४ गोलको नतिजा निकाल्दै वडा नम्बर ४ले फाइनलमा स्थान बनाएको हो ।

सो खेलको म्यान अफ दि म्याच वडा नम्बर ११ का जर्सी नम्बर १३ का राहुल धामी  कुमरले घोषित भएको थियो । उत्कृष्ट खेलाडी धामीलाई वरिष्ठ पत्रकार गोकुल घोरासाइने, नेपाल मगर संघ निजगढली बिभामाया मगर र  स्व. विकल रेग्मीकी आमा कमला रेग्मीले १ हजार नगद र ट्रफी प्रदान गरेका थिए ।

फाईनल खेल यहि बैशाख ३० गते मंगलबार दिउसो ३:०० बजे सहिद हिरालाल रंगशालामा हुने छ । बैशाख ३० गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेताले ५१ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार रुपैंया प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित