बारा । सोमबार बैशाख २२ गते बाट शुरु भएको प्रथम विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगितामा वडा नम्बर ४ फाईनलमा प्रवेश गरेको छ ।
वडा नम्बर ४ ले वडा नम्बर १ लाई २ गोल गर्दै फाईनलको यात्रा तय गरेको हो । वडा नम्बर ४ का लागि जर्सी नम्बर ७ का खेलाडी समीर कुमरले पहिलो हाफको को अतिरिक्त समयमा गोल गर्दै आफ्नो टोलिलाई अग्रता दिलाएका थिए ।
त्यस्तै गरि दोश्रो हाफको सुरुवाती समयमै कुमरले पुनः गोल गर्दै टोलिलाई दोब्बर बनाएको थियो । त्यसैगरि वडा नम्बर १ खेलाडी जर्सी नम्बर १६ का प्रकाश मोक्तानले १ गोल फर्काएका थिए ।
सो खेलको म्यान अफ दि म्याच पनि समीर कुमरले नै हात पारेका छन । उत्कृष्ट खेलाडी कुमरलाई वडा नम्बर ४ का वडा सदस्य सगर गौतम, समाजसेवी बेनि मोक्तान र स्व. विकल रेग्मीकी आमा कमला रेग्मीले १ हजार नगद र ट्रफी प्रदान गरेका थिए ।
जितसंगै वडा नम्बर ४ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी फाइनलमा प्रतिस्पर्धाका लागि वडा नम्बर ४ वडा नम्बर ७ र ११ को खेल नतिजा पर्खिनु पर्ने छ ।























Discussion about this post