अन्तराष्ट्रिय विमानस्थल क्षेत्र टागियाबस्तीमा स्थायी संरचना बनाउने क्रम तिब्र

394
SHARES
519
VIEWS

बारा । प्रस्तावित निजगढ दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल क्षेत्रमा पर्ने बाराको टागियाबस्तीमा स्थायी संरचना बनाउने क्रम तिब्र बनेको छ ।

प्रस्तावित क्षेत्रभित्र कुनै पनि किसिमको संचरण निर्माण नगर्न आयोजना कार्यालयको जानकारीका बाबजुद पनि जितपुरसिमरा उपमहानगरपालिकाले स्थानीयको पिउने पानी सुविधाको लागि भन्दै डिप बोरि खन्ने कार्य शुरु गरेको हो ।

दोस्रो अन्र्तराष्ट्रिय विमानस्थलको प्रस्तावित चार किल्ला भित्र निजी वा सरकारी लगानीमा नया संरचना निर्माण गर्न नपाउने भनी आयोजना कार्यालयले ३ बर्षअघि नै सार्वजनिक सुचना गरेको भएपनि सो क्षेत्रमा धमाधम पक्की घर र अन्य संरचना निर्माण भइरहेका हुन । टागियावस्तिमा अहिले १४ सय ७६ घरधुरी परिवारमय ८ हजारको बसोबास रहेको छ ।
आयोजना कार्यलयले प्रस्तवित विमान स्थल क्षेत्रको चार किल्ला छुट्याएर तार घेरावारा गर्ने कार्य समेत गरेको छ । विमानस्थल निर्माणका लागि आवश्यक ११ हजार ८ सय ७५ विघा क्षेत्रफल जमीन मध्ये काटगाउको ११० विघा नम्बरी जग्गा अधिग्रहणको प्रकृया शुरु भएको भइसकेको छ ।
वस्तिका १४० जनाले मुआब्जा लिनका लागि निवेदन दिएकोमा ५२ जनालाई मुआब्जा वितरण गरि सकेको छ । आयोजना कार्यालयले टागियावस्तिका बासिन्दालाई समेत मुअब्जा वितरण गर्ने बारेमा अध्ययन गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित