बारा । निजगढबाट कोल्हबी नगरपालिका क्षेत्रमा विद्युत आपूर्ति गर्न निर्माण गरिएको तामागढी÷कोल्हबी ३३ केभी प्रशारण लाइनमा भोलि शनिबारबाट विद्युत सूचारु हुनेभएको छ ।
नेपाल विद्युत प्राधिकरण मधेस प्रदेश कार्यालय मुजेलिया जनकपुरले हिजो विहीबार एउटा सूचना सार्वजनिक गरेर सो कुराको जानकारी गराएको हो । प्राधिकरणले भोलिबाट प्रशारण लाइनमा पहिलो पटक विद्युत चार्ज गर्न लागिएकोले उक्त लाईनको तार, पोल र स्टेतार नछुन र सो स्थानमा बस्तुभाउ नबाध्न तथा लाइनको तारसंग जोडिएको इन्टरनेट र घरबत्तिको तारसमेत हटाउन सर्वसाधारण उपभोक्तासंग आग्रह गरेको छ ।
त्यसैगरी सूचनामा सो क्रममा विजुलीको तार खम्बामा आगोको झिल्का देखिएमा प्राधिकरणको ९८४१८३०४२० मा सम्पर्क गरी जानकारी गराउन पनि अनुरोध गरेको छ । यसअघि कलैया वितरण केन्द्रबाट विद्युत आपूर्ति हुदैआएको कोल्हबी नगरपालिका क्षेत्रमा प्राधिकरणले भोलिबाट निजगढ–कोल्हबी ३३ केभी प्रशारण लाइनबाट विद्युत आपुर्ति गर्न लागेको हो ।
कलैयाबाट करिव ३० किमी लामो दुरीको प्रशारण लाइनबाट ल्याइएको विद्युतका कारण कोल्हबी क्षेत्रमा यसअघि नियमित आपूर्तिको समस्या बेहोर्दै आएका उपभोक्ताहरुले निजगढ–कोल्हबी ३३ केभीबाट विद्युत आपूर्ति शुरु भएपछि सो क्षेत्रमा विद्युत ट्रिपिङ्गको समस्या कम हुने उपभोक्ताहरुले आशा गरेका छन । निजगढ– कोल्हबी ३३ प्रशारण लाइनको दुरी १२ किमी मात्रै रहेको छ ।























Discussion about this post