प्रथम विकल स्मृति फुटवल प्रतियोगिताको २ खेलमा वडा नं.४ र ११ विजयी

392
SHARES
516
VIEWS

बारा । प्रथम विकल रेग्मी स्मृति जुनियर फुटवल प्रतियोगिता अन्तर्गत आज शुक्तबार भएका २ खेलमा वडा नम्बर ४ र वडा नम्बर ११ को टोली विजयी भएको छ ।

पहिलो खेलमा वडा नम्बर ४ ले वडा नम्बर ३ लाई १÷० मा पराजित गरेको थियो भने दोस्रो खेलमा वडा नम्बर ११ ले वडा नम्बर ८ लाई पराजित गरेको हो ।

वडा नम्बर ४ को लागि सकिन कुवरले मध्यान्तरपछिको अन्तिम २ मिनेटमा निर्णायक गोल गरेका थिए । सो खेलको म्यान अफ दि म्याच वडा नम्बर ४ का विराज धामीले हात पारेका छन । उत्कृष्ट खेलाडी धामीलाई वडा नम्बर ४ का वडा अध्यक्ष विसन सापकोटा र स्व. विकल रेग्मीकी आमा कमला रेग्मीले १ हजार नगद र ट्रफी प्रदान गरेका थिए ।

जितसंग वडा नम्बर ४ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । त्यसैगरी वडा नम्बर ११ को लागि सकिन गुरोले निर्णाय गोल गरेका थिए । गुरोले मध्यान्तरपछिको १५ मिनेटमा गोल गर्दै टोलीलाई विजयी बनाएका थिए । सो खेलको म्यान अफ दि म्याचको उपाधि वडा नम्बर ११ का निकास गुरोले हात पारेका छन ।

उत्कृष्ट खेलाडी गुरोलाई निजगढ नगर शिक्षा शाखा प्रमुख उत्तम लामिछाने र स्व. विकल रेग्मीकी आमा कमला रेग्मील पुरस्कार र ट्रफी प्रदान गरेका थिए । जितसंगै वडा नम्बर ११ पनि प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भोलि हुने पहिलो सेमिफाइनल खेलमा वडा नम्बर १ र ४ ले प्रतिस्पर्धा गर्ने आयोजक निजगढ फुटबल क्लबका शम्भु थापाले जानकारी दिऐ ।
निजगढ नगरपालिकाको आयोजनामा निजगढ ९ स्थित शहीद हिरालाल रंगशालामा जारी प्रतियोगिताको विजयी टोली ५० हजार नगद पुरस्कार र ट्रफी प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित