बारा । निजगढ नगरपालिका अन्तर्गत निजगढ– सिंगौल सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन ।
घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ भने अर्का घाइतेको अवस्था मध्यम रहेको छ । निजगढतर्फबाट सिंगौलतर्फ जादै गरेको नम्बर नखुलेको एनएस मोटरसाइकल हिजो राती वुधवार अन्दाजी ९ बजे सडकखण्डको सुकेपोखरी नजिकै दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।
प्रहरीका अनुसार मोटरसाइकलको पछाडि पट्टिको नम्बर प्लेट नभएको र अगाडी पट्टिको नम्बर प्लेटमा पनि एउटा अंक मेटिएको छ । घाइते हुनेमा मकवानपुरको बकैया गाउँपालिका– २ दमैचौरका अन्दाजी २५ वर्षिय नरेश जिम्बा र मोटरसाइकल पछाडी सवार सोही ठाउँका अन्दाजी २२ वर्षिय सोमबहादुर गोले छन ।
गोलेको मध्यम अवस्थामा निजगढस्थित सामुदायिक प्रसुती गृहमा उपचार भइरहेको छ भने गम्भीर घाइते जिम्बालाई त्यँहाबाट रेफर गरि वीरगञ्जस्थित मेडिसिटी वयोधा अस्पतालमा पठाइएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।
निरीक्षक लामिछानेका अनुसार जिम्बाको गम्भीर अवस्थामा अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ । उनको टाउको र आँखामा गम्भीर चोट लागेको छ ।





















Discussion about this post