बारा । प्रथम विकल रेग्मी स्मृति जुनियर फुटवल प्रतियोगिता अन्तर्गत आज बुधबार भएको खेलमा वडा नम्बर ४ र वडा नम्बर ८ को टोली विजयी भएको छ ।
पहिलो खेलमा वडा नम्बर ४ ले वडा नम्बर १० लाई ट्राईब्रेकरमा १ गोलको अन्तरले पाखा लगाएको हो । त्यस्तै दोश्रो खेलमा वडा नम्बर ८ खेलाडी जर्सी नम्बर ७ का खेलाडी सुजन माझीले १ गोल गरी आफ्नो टिमलाई विजयी बनाएका हुन ।
निक्कै कडा प्रतिस्पर्धात्मक खेलमा वडा नम्बर ६ ले पाएको मौकाको सदुपयोग गर्न नसक्दा हार ब्योर्होनुु परेको थियो । सो खेलमा सहिल धामीले उत्कृष्ट खेल प्रर्दशन गरेबापत म्यान अफ दि म्याच घोषित भए ।
उनलाई संचारकर्मी गोकुुल घोरासाइने, वडा नम्बर ४ का वडा अध्यक्ष विशन सापकोटा, निजगढ नगर शिक्षा शाखाका अधिकृत उत्तम लामिछाने र स्व. विकल रेग्मीकी आमा कमला रेग्मीले १ हजार नगद र ट्रफी प्रदान गरेका थिए ।
त्यसैगरी आज भएको दोस्रो खेलमा वडा नम्बर ८ का जर्सी नम्बर ७ सुजन माझीले खेल अबधिको अन्तिम चरणम गरेको गोल निर्णायक हुन पुुगेको थियो । सो खेलमा प्रसिस तिमल्सिना म्यान अफ दि म्याच घोषित भए ।
उनलाई पनि वडा ८ का वडा अध्यक्ष स्वर्ण लामा र स्व. विकल आमा रेग्मीले १ हजार नगद र ट्रफी प्रदान गरेका थिए । भोलिको पहिलो खेलमा दोश्रो चरणको खेल वडा नं. १३ र वडा नं. १ समय ३ बजे हुने छ । र पहिलो चरणको खेल वडा नं. ७ र वडा नं. २ को टोलीबीच प्रतिस्पर्धा हुने छ ।
निजगढ नगरपालिकाको आयोजनामा निजगढ ९ स्थित शहीद हिरालाल रंगशालामा सोमबारबाट शुरु भएको प्रतियोगिताको विजयी टोलीले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको युवा तथा खेलककुद पूर्वमन्त्री पुरुषोत्तम पौडेलले उद्धाटन गरेका थिए ।























Discussion about this post