बारा । निजगढ नगरपालिका ६ नम्बर वडा कार्यालय बाराले विद्यार्थीहरुलाई वडा भित्रका विपन्न विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
वडा कार्यालयले बुधबार एक कार्यक्रमकाबीच पढ्नमा विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप पोशाक, कापी लगायत शैक्षिक सामग्री प्रदान गरेको हो ।
वडाका ४ जना विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको वडा सचिव सुजित कर्णले जानकारी दिए ।
कार्यक्रममा वडाअध्यक्ष घनश्याम तिमल्सिना, वडा सदस्य मिना सुनार, आशा श्रेष्ठ र वडा सचिव सुजित कर्ण लगायतको उपस्थिति रहेको थियो ।






















Discussion about this post