जसपा नेपाल बारा जिल्लाले पाए नयाँ नेतृत्व : अध्यक्षमा यादव

390
SHARES
513
VIEWS

दिपेन्द्र जयसवाल बारा । जनता समाजवादी पार्टी (जसपा) नेपाल बारा जिल्लाले नयाँ नेतृत्व पाएको छ ।

पचरौता नगरपालिकाका पूर्व नगर प्रमुख समेत रहेका रमेश यादवले आफ्ना प्रतिद्वन्दी धर्मबिर प्रसाद यादव भन्दा ९९ मत बढी ल्याएको छ ।
उनले २६९ मत ल्याई विजयी भए भने उनका प्रतिद्वन्दी धर्मबिर प्रसाद यादवले जम्म १७५ मत ल्याएका हुन् ।

समितिको उपाध्यक्षमा शिवेन्द्र प्रसाद सिंह, महिला उपाध्यक्षमा पुनम कुशावाहा र सचिवमा शम्भु कुमार गुप्ताले हात पारेको छ ।

त्यस्तैगरी सह-सचिवमा सिकेन्द्र दास, नन्दन गुप्ता र कोषाध्यक्षमा बिनोदप्रसाद यादव निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत शंकर प्रसाद साहले मधेस प्रवाहलाई जानकारी दिए । जिल्ला कार्य समिति सदस्यहरुको भने मतगणना जारी रहेको छ ।
शनिबार सम्पन्न जिल्ला अधिवेशनको निर्वाचनमा  ४ सय ७२ मत खसेको थियो । यो आधिवेशनवाट आगामी ३ वर्षकालागी नयाँ नेतृत्वले काम गर्ने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित