प्रथम विकल रेग्मी जुनियर प्रतियोगितामा वडा नं. १ विजय

392
SHARES
516
VIEWS

बारा । सोमबारबाट शुरु भएको प्रथम विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगितामा वडा नम्बर १ विजय भएको छ ।

वडा नम्बर १ ले वडा नम्बर ९ लाई २ गोल गर्दै विजय भएको हो भने वडा नम्बर ९ भने गोलराहित नकाउट भएको छ ।

वडा नम्बर ९ स्थित शहिद हिरालाल रंगशालामा भएको खेलमा निजगढ-१ को खेलाडी जर्सी नम्बर ८ नवीन भोलोनले २ गोलको अन्तरले  वडा नम्बर ९ लाई पराजित गर्दै निजगढ-१ ले प्रतियोगितामा सुखद शुरुवात गरेको हो ।

खेलको म्यान अफ द म्याच निजगढ-१ का खेलाडी नवीन भोलोन घोषित भएका थिए ।

यसअघि पुर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पैडेलले खेलको उद्घाटन गरेका थिए । नगरप्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको थियो ।

प्रतियोगिताको उद्घाटन पुर्व मन्त्री पौडेलले निजगढमा फुटबल खेलको बिकासको लागि नगरपालिकाले विभिन्न खेलकुद फुटबल प्रतियोगिता संचालनको व्यवस्था गरेकोमा खुशी व्यक्त गरे । पौडेलले खेलाडी उत्पादन र फुटबलको प्रवर्द्धनका लागि मेयर कप फुटबलले महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामी दिनमा पनि विकल स्मृति जुनियर फूटबल प्रतियोगिताले निरन्तरता पाउछ भन्ने विस्वास राखेको बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य मीना लामा, नगरप्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, निजगढ नपाका पूर्वप्रमुख सुरेशकुमार खनाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्व रेग्मीका आमा कमला रेग्मी, पिता जयन्द्र रेग्मी, स्व साइमन योञ्जनका आमा कमला योञ्जन, स्व अनुपम घलानका आमा ललिता पाख्रिन, स्व आदित्य बलम्पाखेका दाइ भक्तबहादुर बलम्पाखे, निजगढ नपाका प्रमुख कीय अधिकृत राजेन्द्र बहादुर अर्याल निजगढ़ फूटबल क्लबका अध्यक्ष शम्भु थापालगायतको सहभागी थियो ।

प्रतियोगिता अन्तर्गत भोलि मङ्गलबार  दुईवटा खेल हुनेछन । दिउसो ३:३० देखि शुरु हुने पहिलो खेलमा वडा नम्बर ५ र वडा नम्बर ११बबीच प्रतिस्पर्धा हुनेछ भने बेलुका ५:०० बजेदेखि संचालन हुने दोश्रो खेलमा वडा नम्बर ३ र वडा नम्बर १२ बीच प्रतिस्पर्धा हुनेछ । यहि बैशाख ३० गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेताले ५१ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार रुपैंया प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित