निजगढ हिउँदे अधिवेशनम शिक्षा विधेयकसहित वार्षिक योजना तथा कार्यक्रम संशोधन पारित  

394
SHARES
519
VIEWS

बारा । बाराको निजगढ नगरपालिकाको चालु पन्ध्रौँ अधिवेशनको सम्पन्न भएको छ ।
नगर कार्यपालिकाको कार्यालय, निजगढको सभाहलमा निजगढ नगरपालिकाको नगर सभाको पन्ध्रौँ अधिवेशनको बैठक सम्पन्न भएसँगै अधिवेशन अत्य भएको हो ।

निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा सम्पन्न भएको हिउँदे अधिवेशनमा नगर उपप्रमुख सोममाया थिङ्गले स्वागत मन्तव्य राखेका थिए ।

चालू आ.व.२०८१।०८२ को केही योजना तथा कार्यक्रमहरुको संशोधन प्रस्ताव राखेका छन् । सो अधिवेशनमा विधेयक समितिका संयोजक तथा नगर सभा सदस्य टेक बहादुर लामाले निजगढ नगरपालिकाको शिक्षा (दोश्रो संशोधन) विधेयक, २०८१ पेश गरेका थिए ।

पेश भएका प्रस्तावहरुको सम्बन्धमा निजगढ नगरपालिका नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष ज्ञान बहादुर गोलेले समर्थन गरे ।

संशोधनका लागि पेश हुन आएका विधेयक एवं प्रस्तावहरु उपर नगर सभा सदस्यहरुले छलफलमा भाग लिई आफ्नो धारणा राखेका थिए ।

नगर सभामा पेश हुन आएका विधेयकहरुको एवं चालु आ.ब.२०८१।०८२ को केही वार्षिक योजना तथा कार्यक्रमको संशोधन तथा विविध प्रस्तावहरु उपस्थित सबै नगर सभासदस्यद्वारा सर्वसम्मतीमा पारित भएको छ ।

नगर प्रमुख एवं सभाध्यक्ष सुरथ पुरीले विधेयकहरु पारित गर्न एवं नगर सभा सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने विधेयक समिति, नगर कार्यपालिकाका सदस्यहरु, नगर सभा सदस्यहरु, नगर कार्यपालिकाको कार्यालय, निजगढका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखा प्रमुखहरु एवं कर्मचारीहरुलाई धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित