बारा प्रहरीले प्रतिबन्धित लागु औषध गाँजासहित ४ जना पक्राउ

432
SHARES
569
VIEWS

बारा । बारा प्रहरीले प्रतिबन्धित लागू औषध गाँजा ट्र्याक्टरसहित ४ जना पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार विहान २ सय २५ किलो प्रतिबन्धित लागु औषध गाँजा, ट्र्याक्टरसहित ४ जना मानिसलाई नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय बारागढीले बाराको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ वतरा स्थित खेतमा पार्किङ गरि राखेको प्र.२–०३–००१ त ४८७६ नम्बरको ट्याक्टरको ढाला मुनिबाट सो गाँजा बरामद गरेका हुन ।

त्यहाँ फल्स बटन बनाई लागू औषध गाँजा लुकाई छिपाई राखिएको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक कुसुम नायकको कमाण्डमा खटिएको प्रहरी टोलिले ट्याक्टरको चेक जाँच गरेको थियो ।

टोलिले ढालामुनि फल्स बटन बनाइएको ठाउँमा प्लास्टिकले बेरिएको १५ वटा कार्टुनमा रहेको २ सय २५ किलो लागु औषध गाँजा र ट्याक्टर नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बारागढी बारामा ल्याएर राखेको छ ।

प्रहरीले आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ बतराका ट्याक्टर चालक ३० वर्षीय नन्दकिशोर मुखिया बिनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दै जादा थप ३ जना संलग्नलाई प्रहरीले पक्रन सफल भएको बारा प्रहरीले जानकारी दिएको हो ।

प्रहरीले कोल्हवी नगरपालिकामा रहेको रोज उड होटलको कोठा नं. ३०३ बाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेहरूमा मकवानपुर हेटौडा उपमहानगरपालिका-४ का २१ वर्षीय कमान प्रजा, कैलास गाउँपालिका-४ देवतिसका २४ वर्षीय सिताराम प्रजा र बकैया गाउँपालिका-५ छतिवनका २२ वर्षीय नवराज मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बारामा ल्याइएको बाराका डि.यस.पी. विजयराज पण्डितले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित