बारा । नेकपा एमालेले निजगढ नगर कमिटी तेस्रो नगर अधिबेशनमा आजबाट शुरु भएको बन्द सत्रमा पार्टीका निवर्तमान अध्यक्ष सुरथ पुरीको सांगठानिक र सचिव थानेश्वर सापकोटा अविरलले पेस गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । अधिवेशनको बन्द सत्रमा निर्वाचन कमिटीले नयाँ नेतृत्व चयनको निर्वाचन कार्यक्रम सार्वजनिक गरी निर्वाचनको प्रकृया पनि शुरु गरेको छ । निर्वाचन समितिले दिएको अनुसार मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको र भोलि बिहान ७ः ३० बाट मनोनयन पत्र दर्तासहित निर्वाचन सम्बन्धि थप कार्यक्रम अघि बढाइने जनाइएको छ । निजगढ ८ स्थित शुभकार्य बैङ्गकुटमा हिजो भएको अधिबेशनको एमाले पोलिटब्युरो सदस्य एंव युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेलले उद्धाटन गरेक थिए । निजगढ नगरपालिकका १३ वटै वडा कमिटी (भूगोल)बाट १९३, जनसंगठनहरुबाट २७ र आयोजनक नगर कमिटीका सदस्य ६९ जना गरी २ सय ९६ जना प्रतिनिधि सहभागी छन । अधिबेशनले आगामी ३ वर्षे कार्यकालको लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्ष पदको लागि निर्वतमान उपाध्यक्ष भोलाप्रसाद गौतम, सचिव तिलक घलान, नगर कमिटी सदस्य जयराम कुवर र माधव न्यौपानले दाबी गरेका छन ।























Discussion about this post