बारा । बाराको निजगढ नगरको सुख्खा क्षेत्रमा बोरिङमार्फत सिचाई सेवाकालागी ट्युबवेल खन्न सुरु भएको छ । यो डिपबोरिङ सफल भयो भने यस क्षेत्रका किसानहएउ उत्साहित हुने छन् । भू निःशुल्क बोरिङ गरी सिंचाईको ब्यवस्था गरेपछि किसान त थप उत्साही हुनेनै भयो । यो संगै नेकपा (माओवादी केन्द्र) का मधेस प्रदेश कमिटी सदस्य रविराज दंगाल खुशी हुने छ । गत वर्षको स्थानीय तह निर्वाचन २०७९ मा नेकपा (माओवादी केन्द्र) को तर्फबाट उपप्रमुखमा उम्मेदवार बने युवा नेता दंगालले जनता संग वाचा समेत गरेका थिए । नेता दंगाल स्थानीय तहको निर्वाचनमा झिनो मतले पराजय भोगेका थिए । निर्वाचनको बेला गरेका वाचा नेता दंगालले चुनावमा आफू हारेपनी जनताको सेवामा तल्लिन छन त्यस कारण यो सिंचाइ सफल भएमा नेता दंगालसमेत हर्षित हुने छ । भूमिगत सिंचाइ सुरु भएपछि आर्थिक भार समेत हट्ने स्थानीय बताउँछन् । सिंचाइ हुन थालेपछि पानी कुर्नु पर्ने झन्झटबाट समेत यहाँका स्थानीयले मुक्ति पाउने छन् ।
सिचाईका लागि पावर डिप बोरिङ जडान गरी सिंचाईको ब्यवस्था गर्दा किसानले राहतको महसुस गर्ने छन् । सिंचाईको अभावमाा पशुलाई घाँस पनि राम्रोसंग उब्जनी नहुने जमिनमा सिंचाइ भएपछि निकै लोभलाग्दो गरी मैकै खेती काक्रा तथा तरकारी उत्पादन गर्न किसाहरु सफल हुने छन् ।
सोही आयोजना अन्तरगतको निजगढ-६ मा पर्ने भमराटोल डिप ट्युबेल जल उपभोक्ता समितिको अध्यक्ष माधव रिमालको अध्यक्षता सो कार्य सुरु भएको छ । भूमिगत सिँचाईको डिप बोरिङको मधेस प्रदेश सदस्य रविराज दंगालले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै दंगालले सिँचाईको अभावमा कुनै पनि खेत बाझो राख्न नपर्ने उल्लेख गरे । त्यस्तै निजगढ-६ का वडा अध्यक्ष घनश्याम तिमल्सिनाले यो काम सफल भएपछि ७५ प्रतिशात विल भुक्तानी वडाले व्यहोर्ने वडाको निति अनुसार विनियोजन गर्ने बताए । वडा अध्यक्षले हालै धियालटोल किसानहरूले उपभोग गरेको सिंचाइको २५ प्रतिशात भुक्तानी वडा कार्यालयले दिदै आएको पनि बताए । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष संतोष दंगाल, सामुदायिक वन महासंघ निजगढ नगर अध्यक्ष कुशबहादुर थापा र माधव निजगढ सरसफाइ तथा खानेपानी संस्थाका सचीव यतिराज सापकोटालगायतका स्थानीयहरुको उपस्थिति रहेका थिए ब्जने कार्यक्रम संचालन मोहन सापकोटाले हर्का थिए ।























Discussion about this post