प्रसौनीमा उद्योग वाणिज्य संघले निरीक्षक श्रेष्ठको स्वागत

400
SHARES
526
VIEWS

बारा/विजेन्द्र चौधरी । इलाका प्रहरी कार्यालय प्रसौनीमा हालै सरुवा भएर आएका प्रहरी निरीक्षक टूपेन्द्र श्रेष्ठलाई प्रसौनी उद्योग वाणिज्य संघले स्वागत गरेको छ । बुधवार संघको कार्यालयमा आयोजित कार्यक्रममा संघका अध्यक्ष तुल्सी साहले खादा ओढाएर निरीक्षक श्रेष्ठलाई औपचारिक रूपमा स्वागत गरेका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष तुल्सी साहले नगर क्षेत्रको सुरक्षा, शान्ति र व्यवस्थित व्यापारिक वातावरणका लागि प्रहरी प्रशासनसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । “प्रहरी प्रशासनसँगको समन्वयले मात्र व्यवसायी तथा सर्वसाधारणले सुरक्षित महसुस गर्छन्,” उनले भने । साथै, उनले नयाँ प्रहरी निरीक्षकको आगमनसँगै क्षेत्रको शान्ति र सुशासनमा थप मजबुती आउने विश्वास व्यक्त गरे ।

प्रहरी निरीक्षक टूपेन्द्र श्रेष्ठले स्वागतप्रति आभार व्यक्त गर्दै व्यवसायीहरूसँगको समन्वय र सहयोगमा कुनै कमी नहुने बताए । “प्रसौनी क्षेत्रमा शान्ति, सुरक्षा र कानुनी शासनलाई बलियो बनाउन प्रहरी प्रशासन प्रतिबद्ध छ,” उनले भने । उनले व्यवसायीहरूप्रति अपील गर्दै भने, “कुनै पनि समस्या वा जोखिमको स्थिति देखिए तुरुन्त प्रहरीलाई जानकारी गराउनुहोस्, हामी तपाईंहरूसँगै छौं ।”

कार्यक्रममा लोसपा केन्द्रिय सदस्य तथा पुर्व प्रसौनी गाउपालिका अध्यक्ष भोलाप्रसाद गुप्ता, प्रसौनी गाउँपालिका वडा नं. २ का पूर्व अध्यक्ष सुरेशकुमार गुप्ता, वडा नं. ४ का पूर्व अध्यक्ष आनदकुमार गुप्ता, लोसपा युवा नेता प्रभु दास संचारकर्मी बिजेन्द्र चौधरीलगायत संघका पदाधिकारी, स्थानीय व्यापारी, समाजसेवी र प्रहरी टोलीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित