नेविसंघ निजगढद्वारा कृषि तथा पशुपन्छीमन्त्रीलाई ध्यानाकर्षणपत्र

395
SHARES
520
VIEWS

बारा । नेपाल विद्यार्थी संघ निजगढले आज बुधबार कृषि तथा पाशुपंछीमन्त्री रामनाथ आधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । नेविसंघ नगर सभापति ईश्वर सापकोटाको टोलिले ८ बुदे माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको हो । उक्त पत्रमा लेखिएको नेपाल एक कृषि प्रधान मुलुक हो । विशेषगरि नेपालको दक्षिण क्षेत्रमा अवस्थित तराई क्षेत्रमा पर्ने मधेश प्रदेश देशकै विशेष कृषि क्षेत्र हो ।

त्यसैगरी बारा जिल्ला अत्यान्तै उर्वर भूमी हो । जिल्लाको उत्तर चुरेको फेदीमा अवस्थित निजगढ नगरपालिका कृषि उत्पादन तथा पशुपालनमुखी पालिका हो । यहाँको जनजिविका कृषिमै आधारित छ । यस पालिकाको बासिन्दाहरूको मुख्य पेशा र आम्दानीको श्रोत कृषि तथा पशुपालन नै रहेको छ । यहाँको भौगोलिक बनावट कृषि क्षेत्रको लागि अत्यन्तै फलदायि छ । यहाँको माटो उर्वरताको विशिष्ट उपहार हो भने यहाँको बनजंगल, प्रकृती पशुपालनको लागि विशिष्ट रहेको छ । यहाँ उत्पादन नहुने खाद्यान्न प्राय कम नै छ । खासगरी यहाँ खेतीको रूपमा  मकै, धान, केरा, ऊँखु र तरकारी जन्य खेती लगायत धेरै खेतीहरू गरिन्छ । निजगढको सन्दर्भमा कृषि तथा पशुपालनमा तपसिल बमोजिमका समस्याहरूमाथि माननिय मन्त्रीज्यूको विषेश ध्यानकर्षण होस् भन्ने चाहान्छौं । भनी ध्यानाकर्षण पत्रमा लेखिएको छ । नगर सभ?सापकोटाको हस्ताक्षर रहेको सो पत्रमा माग गरिएको छ कि पहिलो साना तथा मझौला सिंचाई आयोजना निर्माण तथा संचालनमा रकम विनियोजन गरिदिनु पर्ने । दोश्रो जैविक मल, भर्मी कम्पोष्ट तथा प्रांगारिक मल उत्पादनका लागि बजेट विनियोजन गरिदिनु पर्ने । तेस्रो गुणस्तरीय बिऊँ बिजन, परीक्षण गर्ने ल्याव तथा अनुभवि प्राविधिक पालिकालाई उपलब्ध गराउनुपर्ने । चौथो किसानको दुग्धको बक्यौता रकम उपलब्ध गराईदिनु पर्ने । पाँचौ कृषकहरूलाई रासायनिक मलको अभाव हुन नदिने । छैठों केरा खेतीको बिमा, बजारीकरण र यसबाट तयार हुने अन्य उत्पादनमा राज्यले उचित लगानी र व्यवस्थापन गर्नु पर्ने । सातौं सहुलियतपूर्ण कृषि कर्जाको सर्वसुलभ उपलब्धता गराईदिनुपर्ने । र आठौंमा सिंचाईको लागि संचालन गरिएको बोरिङ्गको विद्युत महसुल छुट गरिदिनु पर्ने रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित