विजेन्द्रकुमार चौधरी/काठमाडौ । शिक्षकहरूले आज शुक्रबार पनि माइतीघर–बबरमहल सडकमा प्रदर्शन गरिरहेका छन् । हिजो सर्वोच्च अदालतले तीन दिनभित्र पठनपाठनको वातावरण बनाउन सरकारलाई आदेश दिए पनि विद्यालय कहिलेदेखि खुल्छ भन्ने अन्योल कायमै छ । आन्दोलन आयोजना गरेको नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले प्रतिनिधिसभाबाट ऐन पारित भएको भोलिपल्ट मात्रै विद्यालय खोल्ने बताएको छ । नयाँ शैक्षिक सत्रसँगै निजी विद्यालयहरूमा चहलपहल हुन थाले पनि सामुदायिक विद्यालयहरूमा भर्ना प्रक्रिया नै शुरू हुन सकेको छैन । भर्ना गर्नुपर्ने समयमै सामुदायिक विद्यालय बन्द हुँदा सामुदायिक विद्यालयका विद्यार्थीहरू निजीमा जाने क्रम बढेको छ । यसैबीच नेपाल ट्रेड युनियन कांग्रेसले शिक्षकहरूका मागप्रति गम्भीर हुन र तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ । शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता रहेको भन्दै ट्रेड युनियनका महासचिव अजयकुमार राईले विज्ञप्ति निकालेर सरकारसँग यस्तो माग गरेको हो ।






















Discussion about this post