बारा । बाराको देवताल गाउँपालिका वडा नम्बर– ७ बेनौली चौकमा गएराति आगलागी हुँदा तीनवटा पसल जलेर नष्ट भएका छन । आगलागीबाट दुई लाख १३ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । गएराति देवताल गाउपालिका वडा नम्बर– ७ बेनौली चौकस्थित बिनोद साहको घर र घुम्ती पसल भाडामा लिई बस्ने ललन महतोले संचालन नास्ता पसलमा अचानक आगलागी भएको भएको प्रहरीले जनाएको छ । आगलागीबाट महतोको नास्ता पसलमा रहेको ग्यास सिलिन्डर २ थान, ग्यास चुलो २ थान, २ कार्टुन अण्डा, बेन्च र टेवल सिलिङ फ्यान, चिउरा भुजा गरी एक लाख ४८ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उक्त आगलागीमा महागढीमाई नगर पालिका– ७ बेनौली बस्ने जमुन ठाकुरको सैलुन पूर्ण रुपमा जलेर ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ । सोही ठाउँमा बस्ने भोज मियाको मासु पसलको छाप्रो र बिभिन्न सामानहरु गरी ३५ हजार बराबरकोे क्षति भएको छ । अस्थायी प्रहरी पोष्ट बेनौलीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरीहरुको टोली दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।






















Discussion about this post