फ्याफुल्ला युवा क्लबको  आगामी योजना तथा सार्वजनिक सुनुवाई सम्पन्न

467
SHARES
614
VIEWS

बारा । फ्याफुल्ला युवा क्लबले  आयोजना गरिएको आगामी योजना र सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । स्थानीय सामाजिक संस्था युवा क्लबले एक कार्यक्रम विच सामाजिकसेवा अग्रसरतामा देखाई सामाजको सेवा प्रवाहलाई प्रभावकारी बनाउन आयोजना हुनेगरि  सार्वजनिक सुनुवाइ र योजना कार्यक्रम गरेको हो । सुशासन व्यवस्था र सञ्चालन ऐन २०६४ र सम्बन्धित नियमावली २०६५ मा सार्वजनिक सुनुवाइ कार्यविधि रहेको छ । यसै यस फ्याफुल्ला अघिबढेको देखिन्छ । जसमा ऐन सनुसार प्रत्येक चार/चार महिनामा कम्तीमा एकपटक सार्वजनिक सुनुवाइ गर्नुपर्ने प्रावधान छ । पारदर्शिता र सुशासन कायम गर्न सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष प्रातप घलानले जानकारी दिए ।

बाराको निजगढ नगरपालिका-१३ डम्बरपुरमा अवस्थित क्लबले आफ्ना कार्यालयका गतिविधिहरूको सार्वजनिक सुनुवाइ गरेको थियो । कार्यक्रम क्लबका अध्यक्ष प्रतप घलानको अध्यक्षतामा  शुक्रबार आयोजना गरेको कार्यक्रममा स्थानीय समाजसेवीलगायका उपस्थिति रहेको थियो ।

कार्यक्रममा क्लबका उपाध्यादाराजु छोङ, कोषाध्यक्ष तनुजाकुमारी लो, पवन कुमार पाख्रीन रहेका थिए । त्यस्तै सहसचिव  भिमप्रसाद अधिकारी, सदस्यहरुमा लक्ष्मी डिम्डुङ, राजकुमार थिङ्ग, कमला सुनार, शान्तिमाया सिंतानलगायत सहभागी रहेका थिए । अध्यक्ष घलानले प्रस्तुत गरेको आगामी योजना सामाजिक आभियानमा अग्रसरतामा युवाको सहभागीतालगायतका योजनाहरु सर्वसम्मत पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित