बारा । राष्ट्रिय भूमि आयोग बाराले आज शुक्रबारबाट निजगढ ४ को कछडिया र बागदेवको सुकुम्बासी बस्तिमा जग्गा नापजाँचको काम शुरु गरेको छ । भरत घले नेतृत्वको भूमि आयोग बाराले निजगढ नगरपालिकाबाट जग्गा नापजाँचको काम शुरु गरेको हो । आयोगबाट खटेका ४ जना सर्भेक्षक र २ जना अमिनसहितको टोलीले जमिन नापीको काम शुरु गरेको निजगढ नगरपालिका नापी शाखाका अमिन अनिल शाहले बताए । साहका अनुसार कर्मचारीहरुले सो क्षेत्रमा पर्ने नम्बरी जमिन छुट्याएर स्थानीयले भोग गर्दैआएको ऐलानी जमिनको नक्सा बनाउने प्रयोजनको लागि जग्गा नापजाँच शुरु गरेको हो । टोलीले अबको दिनभित्र जमिन नापजाँचको काम पुरा गरेर नक्सा तयार पार्ने र त्यसपछि धनीपूर्जा वितरणको प्रक्रिया शुरु गरिने उनले जानकारी दिए । यसअघि छविलाल उप्रेती अध्यक्ष रहेको आयोगले निजगढ नगरपालिका वडा नम्बर ८ खयरघारीमा जमिन नापचाजको काम पूरा गरेको थियो । तर सो क्षेत्रका बासिन्दाले भने अहिलेसम्म पनि धनीपूर्जा हात पार्न सकेका छैनन । सो अवसरमा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, वडा अध्यक्ष विसन सापकोटा, स्थानीय राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।






















Discussion about this post