जीतपुर सिमराका बासिन्दाहरुले अब आफ्नै वडाबाट भू–सेवा केन्द्रको सेवा प्राप्त गर्न सक्ने

398
SHARES
524
VIEWS

बारा । जीतपुर सिमरा उपमहानगरपालिकाका बासिन्दाहरुले अब आफ्नै वडाबाट भू–सेवा केन्द्रको सेवा प्राप्त गर्न सक्ने भएका छन् । उपमहानगरपालिकाले आज एक सूचना जारी गर्दै मालपोत कार्यालय सिमराबाट प्रवाह हुने लिखत पारित लगायत अन्य सम्पूर्ण सेवाहरु अब सम्बन्धित वडाहरुमा स्थापित भू–सेवा केन्द्रबाटै संचालनमा आइसकेको जानकारी गराएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग, बबरमहल, काठमाडौंले जारी गरेको भू–सेवा केन्द्र संचालन निर्देशिका, २०७६ बमोजिम भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट जारी गरिएको पीएएमएस प्रणाली मार्फत यो सेवा वडास्तरबाट सुरु गरिएको हो । यस व्यवस्थाले सेवाग्राहीहरुलाई मालपोत कार्यालयसम्म धाउनुपर्ने झन्झटबाट मुक्ति मिल्ने विश्वास लिइएको जीतपुरसिमरा उपमहानगर प्रमुख राजन पौडेलले बताए । अब जीतपुरसिमरा उपमहानगरपालिकाका सेवाग्राहीहरुले लिखत पारित लगायतका भू–सम्बन्धी सेवाहरुको लागि आफ्नो वडाको भू–सेवा केन्द्रमा सम्पर्क गर्न सक्ने उपमहानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित