जितपुरसिमरा उपमहानगरले प्रदेश सरकारबाट वडा तहमा सञ्चालित योजनाको सूची पठाउन निर्देशन

402
SHARES
529
VIEWS

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले मधेश प्रदेश सरकार अन्तर्गतका मन्त्रालय तथा कार्यालयबाट उपभोक्ता समिति गठन गरी सञ्चालन भइरहेका योजनाको शुचि विवरण मारेको छ । प्रदेश सरकारले स्थानीय तहलाई आवश्यक समन्वय नगरेकोप्रति गम्भीर असन्तुष्टि जनाउदै नगर प्रमुख राजन पौडेलद्वारा हस्ताक्षरित पत्रमा मार्फत सो विवरण माग गरेको हो । उक्त पत्रमा लेखिएको छ “संविधानले तोकेको संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य र समन्वयको भावना विपरीत प्रदेश सरकारले आफ्नै निकायमार्फत योजना कार्यान्वयन गरिरहेको छ” भनी उल्लेख गरिएको छ । उपमहानगरपालिकाले यस्ता योजनाहरू दोहोरोपना र सरकारी रकमको अनावश्यक दोहनतर्फ उन्मुख भएको चेतावनीसमेत दिएको छ ।

उपमहानगरपालिकाले विभिन्न सञ्चार माध्यम तथा जनगुनासोहरूमा उठेका विषयहरूको आधारमा प्रदेश सरकारबाट नगर क्षेत्रभित्र गरिएका योजनाहरूको प्रभावकारी अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याएको छ । नगरपालिकाका अनुसार यसले विकास निर्माणका कामहरूमा एकरूपता ल्याउनुका साथै सुशासन र गुणस्तरमा समेत योगदान पुर्‍याउनेछ । त्यस्तै, आ.व. २०८२/०८३ को बजेट निर्माणको चरणमा रहेको उपमहानगरपालिकाले विगतको आ.व.मा प्रदेश सरकारबाट सञ्चालन भएका योजनाहरूको विवरण सम्बन्धित वडा कार्यालयहरूमार्फत संकलन गर्ने निर्णय गरेको छ ।

यसका लागि प्रमुख पौडेलले २४ वटै वडाध्यक्षहरूलाई पत्राचार गर्दै तोकिएको ढाँचामा जानकारी पठाउन निर्देशन दिएका छन् ।उपमहानगरपालिकाले निर्माण कार्यका लागि अपनाउने मापदण्डहरू तयार भइसकेको अवस्थामा, ती मापदण्डअनुसार योजना सञ्चालन गर्नु अपरिहार्य भएको समेत पत्रमा उल्लेख छ । नगरले प्रदेश सरकारसँग सहकार्यका लागि आग्रह गर्दै, स्थानीय तहको संवैधानिक अधिकारको सम्मान गर्नुपर्ने मागसमेत राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित