दुवै मृगौला फेल कुवरको उपचारकालागी आर्थिक सहयोगको अपिल

386
SHARES
508
VIEWS

बारा । निजगढ नगरपालिका वडा नम्बर ४ मा दुबै मृगौला बिग्रिएका एक युवकको उपचारको लागि परिवारले आर्थिकको अपिल गरेको छ । स्थानीय २३ बर्षिय सुपृत कुवरको उपचारको लागि परिवारले सहयोग खोजेको हो । चार वर्षदेखि भरतपुर अस्पतालमा नियमित उपचार गर्ने क्रममा आफूहरुसंग भएको सबै रकम सकिएपछि सुपृतको ज्यान बचाउन सहयोग खोज्नु परेको बुबा संजय कुवरले बताए । संपृतको उपचारको लागि परिवारमा भएको सबै जमिन पनि बिक्री गरेको तर पनि उपचार पुरा नभएको उनले जानकारी दिए । एउटा मृगौला फेर्न थप करिव १३ लाख रुपैया खर्च लाग्ने चिकित्सकहरुले बताएको कुवरको भनाई छ ।  छोराको उपचार खर्च जुटाउन मधेस प्रदेश सरकार र स्थानीय सरकारमा हारगुहार गर्दैआएको अहिलेसम्म कतैबाट पनि सहयोग नपाएको  उनले  जानकारी दिए । यसअघि नेविसंघ निजगढ नगर कमिटीले १२ हजार नगद आर्थिक सहयोग गर्व्का थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित