डिभिजन वन कार्यालयद्वारा एक दिने फिल्ड डेमोसहित वन डढेलो नियन्त्रण तालिम

408
SHARES
537
VIEWS

बारा । बाराको डिभिजन वन  कार्यालयले एक दिने वन डढेलो नियन्त्रण गर्न पूर्व तयारीलगायतका तालीम सम्पन्न गरेको छ । वन डढेलो अन्तर्गत शुक्रवार स्थलगत नमुना अभ्यास समेत गराइएको छ । बाराको निजगढ नगरपालिका ८ मा रहेको बकैयानागमणी सामुदायिक वनमा स्थलगत आगलागी नियन्त्रण  अभ्यास गराइएको हो ।

वन डढेलो लागेमा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिने उद्देश्यले स्थलगत आभास गराइएको हो । सव डिभिजन वन कार्यालय मधुवनका प्रमुख अधिकृत संजयकुमार चौधरीले वन डढेलो व्यवस्थापन सम्बन्धी तालिम प्रदान गर्दै स्थलगत अध्यास समेत गराइएको हो । निजगढ नगरपालिकामा रहेका सबै सामुदा अध्यक्ष र सचीव गरी  करिव ५४ जनालाई तालिम प्रदान गरेर आभासमा समेत संलग्न गराइएको थियो ।

वन डढेलो नियन्त्रण गर्ने विभिन्न उपकरण तथा सामग्री प्रयोग कसरी गर्ने भन्ने बारेमा पनि तालीम प्रदान गरेका थिए । सोही उपकरणको प्रयोग गरी आभ्यास गराइएको थियो । डढेलो नियन्त्रणमा व्यक्तिले लगाउने ज्याकेट, जुत्ता, हेलमेट पञ्जा तथा आगो निभाउनका लागि पानी सहितको स्प्रे टङ्की, झ्यापे, गैती लगायतका सामग्रीहरु प्रयोग गरे विधि सोही तालिममा आभास गराईएका थिए ।

आभास पूर्व वन अधिकृत चौधरीले डढेलो नियन्त्रण गर्न प्रयोग हुने सामग्रीको प्रयोग कसरी गर्ने भन्ने बारेमा जानकारी गराउँदै व्यक्तिगत सुरक्षा पहिलो प्राथमिकता हुनेमा जोड दिएका थिए । डढेलो नियन्त्रणमा  व्यक्तिगत सुरक्षाका सामग्रीको प्रयोग कम हुने गरेको भन्दै उनले व्यक्ति सुरक्षित रहे सबै कुरा सुरक्षित हुने बताए  ।

वनमा आगलागी भएको कुरा थाहा पाएपछि वन समिति मार्फत सरोकारवाला सबै निकाय, वन कार्यालय, प्रहरी, प्रशासन, स्थानीय सरकार तथा सञ्चारकर्मी सबैलाई सूचना प्रवाह गर्नुपर्ने बताएका थिए । यसो गर्दा सबैले सूचना पाउने र नियन्त्रणमा सहयोग पुग्ने उनले जानकारी दिए ।

यस्तै डिभिजन वन कार्यालयका अधिकृत वर्षा लामाले वन डढेलो लाग्दा आफूसँग भएका उपकरणसँगै वनमै भएका प्राकृतिक वस्तुबाट समेत नियन्त्रण गर्न सकिने बताएकी थिइन । सामग्रीहरू लान नमिल्ने भौगोलिक बनावट भएको वनहरूमा स्याउला तथा माटोको प्रयोग गरेर पनि आगो नियन्त्रण गर्नुपर्ने बताईन । अधिकृत लामाले कार्यक्रमलाई प्रकाश पार्दै यस्तो कुरा बताएकी हुन ।

आभास गर्नुभन्दा पहिले तालिम दिँदै समेत वन सव डिभिजन मधुवनका प्रमुख चौधरीले वन डढेलो नियन्त्रण गर्न पूर्व तयारीमा कस्ता क्रियाकलाप गर्नुपर्छ भन्ने बारेमा सहजीकरण गराएका थिए । वन डढेला नियन्त्रणका लागि सर्वप्रथम वनमा झरेका सुकेका पात पतिङ्गर जम्मा गरेर पोल्ने, वनभित्र रहेका झाडी सबै सफा गर्ने र वनको सीमा वरिपरि र वनको बिचमा अग्नि रेखा बनाउने जस्ता काम गर्नुपर्ने प्रोजेक्टर स्लाईट मार्फत जानकारी गराएका थिए । कार्यक्रममा तामागाढी सव डिभिजन वन कार्यालयका प्रमुख सुरेश भगत, सामुदायिक वन महासंघ निजगढ नगराका उपाध्यक्ष धनबहादुर खुलाल, वन रक्षक र सुरक्षाकर्मीहरु सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित