बारा । बारा जिल्लाको निजगढ-९ स्थित गौरीशंकर क्याम्पसमा गत चैत्र ५ गते सम्पन्न स्ववियु निर्वाचन २०८१ बाट निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण तथा प्रमाण–पत्र वितरण गरिएको छ ।
क्याम्पस परिसरमा मंगलबार आयोजित उक्त कार्यक्रममा क्याम्पसको स्ववियू सभापति बालकृष्ण हुमगाईं सहित सम्पूर्ण पदाधिकारीहरुलार्ई सपथ ग्रहण तथा प्रमाण–पत्र वितरण गरिएको हो ।
निर्वाचन अधिकृत गोविन्द अधिकारीले स्ववियू पदाधिकारीहरुलार्ई त्रि.वि. स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्बन्धी निर्देशिका २०७९ बमोजिम सपथ ग्रहण गराउनुका साथै प्रमाण–पत्र वितरण गरेका थिए ।
उक्त निर्वाचनमा नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का नेता हुमागाईं सभापतिहरूमा निर्वाचित भएका थिए । त्यस्तैगरी सचीवमा प्रवना लामा र कोषाध्यक्ष रामकुमार कुमर निर्वाचित भएका थिए । त्यस्तै सदस्यहरुमा श्रीजेश बुढाथोकि, रिया सिग्देल, मोनिकाकुमरी कुमर, रोहित साह कानु, विश्वास स्वार बजगाई, कैलाश दाहाल, सुहाना श्रेष्ठ, भिमकुमारी पुलामी,प्रस्ना गिरी,अविना सिग्देल र पुकार पराजुली विजयी भएका थिए
त्यस्तै समानुपातिक तर्फ कैलाश दाहाल, सुहाना श्रेष्ठ, भिमकुमारी पुलामी,प्रस्ना गिरी,अविना सिग्देल र पुकार पराजुली विजयी भएका थिए ।
त्यस अवसरमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन अधिकृत गोविन्द अधिकारीले सपथ ग्रहण गराएका हुन। नवनिर्वाचित स्ववियु कार्य समितिलाई शुभकामना दिन विभिन्न राजनैतिक दल निकट विद्यार्थी संगठनका नेता तथा पूर्व विद्यार्थी समिती समेत पुगेका थिए ।
सो अवसरमा विभिन्न पार्टी निकट विद्यार्थी संगठनका नेताहरुले शुभकामना नवनिर्वाचित सदस्यहरुलाई व्यक्त गर्व्का थिए। निजगढ नगरपालिकाकी उपमेयर सोममाया थिङ्ग प्रमुख अतिथि रहेका थिए । त्यस्तै शुभकामना दिनेमा निजगढ नगरपालिकाको पुर्व नगर प्रमुख सुरेशकुमार खनाल, क्याम्पसका स्ववियु चुनावमा नवनिर्वाचित बालकृष्ण हुमागाई, गौरीशंकर क्याम्पस संचालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठ, निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल, नेपाली कांग्रेस निजगढ नगर सभापति नवराज तिमल्सिना, नेकपा एमालेका निजगढ नगर सचीव तिलक घलान, नेकपा (माओवादी केन्द्र) का निजगढ नगर अध्यक्ष संतोष दंगाल, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका बारा जिल्ला कार्यसमितिका सचीव रामहरि खरेल, जनमत पार्टीका कार्याकर्ता तथा नेता मोजहर मन्सूर, एकीकृतका समाजवादीका निजगढ नगर अध्यक्ष भिमसेन सापकोटा, पुर्व विद्यार्थी संगठनका अध्यक्ष केदार खरेल, नेविसंघका उम्मेदवार दावा लामा, अखिल क्रान्तिकारी स्वतन्त्र विद्यार्थी युनियन का उज्ज्वल प्रसाईं लगायतले शुभकामना दिएका थिए । त्यस्तैगारी कार्यक्रममा गौरीशंकर मावि निजगढ-८ प्राविधिक शिक्षालयका संचालक समितिमा अध्यक्ष रविकुमार वर्तौला, प्रधानाध्यापक बद्री नारायण झा र गौरीशंकर मावि सडकका अध्यक्ष थानेश्वर सापकोटा रहेका थिए भने संचालन सागर दाहालले गरेका थिए ।






















Discussion about this post