बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका सबै विषयगत समितिले पुर्णता पाएको छ । उपमहानगरमा रहेका ८ वटै विषयगत समितिलाई पुर्णता दिईएको नगर प्रमुख राजन पौडेलले जानकारी दिए ।
जीतपुरसिमरा उपमहानगरपालिका नगर कार्यपालिका (कार्यसम्पादन) नियमावली २०७५ अनुसार चालु आर्थिक बर्ष २०८१/८२ का लागि फागुन २७ गतेको नगरप्रमुख स्तरीय निर्णयबाट उपमहानगरका आठवटा विषयगत समितिहरुलाई पुर्णता दिईएको नगर प्रमुख पौडेलले जानकारी दिए ।
त्यस्तैगरी सार्वजनिक सेवा तथा क्षमता विकास समितिको संयोजकमा दिपेन्द्रकुमार क्षेत्री (जीतपुरसिमरा १९ का वडा अध्यक्ष), त्यस्तै सदस्यमा श्यामबाबु खाँ (जीतपुरसिमरा १२ का वडाध्यक्ष), पवित्रामाया कार्की (कार्यपालिका सदस्य) र प्रल्हाद साह सोनार (कार्यपालिका सदस्य) रहेका छन । त्यसैगरी उद्योग वाणिज्य तथा श्रम रोजगार प्रवर्द्धन समितिको संयोजकमा भने अर्जुन रसाईली विश्वकर्मा (कार्यपालिका सदस्य) लाई तोकेको छ । उद्योग वाणिज्य तथा श्रम रोजगार प्रवर्द्धन समितिको सदस्यहरुमा शिवशंकर महतो कोइरी (जीतपुरसिमरा ८ का वडाध्यक्ष), मुस्कतीम अंसारी (जीतपुरसिमरा २३ का वडाध्यक्ष) र मोतीलाल राउत (जीतपुरसिमरा ९ का वडाध्यक्षलाई बनाएको नगर प्रमुख पौडेलले जानकारी दिए । त्यस्तैगरी पुर्वाधार विकास समितिको संयोजकमा भने रसुल मियाँ अंसारी (जीतपुरसिमरा २० का वडा अध्यक्ष) लाई बनाएको र सद्स्यहरुमा हेमनारायण चौधरी (जीतपुरसिमरा १३ का वडा अध्यक्ष), प्रभावती देवी पासवान (कार्यपालिका सदस्य), माया विश्वकर्मा (आमन्त्रीत वडा नम्बर ३ कार्यवाहक अध्यक्ष) रहेका छ्न । त्यस्तैगरी सामाजिक विकास समितिमा भने १४ नम्बरकी वडा अध्यक्ष चयन गुरुङको संयोजकत्वमा चार सदस्यलाई जिम्मेवारी दिएको छ । सामाजिक विकास तर्फको जिम्म पाउने सदस्यहरुमा सुकुमाया कुमारी तामाङ्ग (कार्यपालिका सदस्य), विन्दालाल साह (जीतपुरसिमरा ११ का वडाध्यक्ष) र सुल्तान अंसारी (जीतपुरसिमरा २४ का वडाध्यक्ष) रहेको जनाएको छ । त्यसैगरि आर्थिक विकस समितिअमा भने जिरपुरसिमरा वडा नम्बर २१ का वडा अध्यक्ष सुवास श्रेष्ठ संयोजक बनाएको छ । जसमा सदस्यहरु शेखरकाजी रुम्बा (जीतपुरसिमरा २२ का वडाध्यक्ष), कैमुदिन अंसारी (जीतपुरसिमरा ६ का वडाध्यक्ष) र शिवशंकर महतो कोइरी (जीतपुरसिमरा ८ का वडाध्यक्ष) रहेका छन । त्यस्तै कृषि सहकारी, भुमी व्यवस्थापन समितिको संयोजकम जितपुरसिमरा वडा नम्बर १८ का वडा अध्यक्ष चतुरबाबु वाग्लेको नेतृत्वमा ४ सदस्य तोकिएको छ । जसमा बुद्धकुमारी अधिकारी (कार्यपालिका सदस्य), भिमबहादुर गंतान (जीतपुरसिमरा १७ का वडाध्यक्ष) र रामप्रसाद लामिछाने (जीतपुरसिमरा १५ का वडाध्यक्ष) रहेको जानकारीमा आएको छ । उपमहानगरपालिकाले वातावरण तथा विपद व्यवस्थापन समितिमा वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ संयोजक बनाएको छ । वातावरण तथा विपद व्यवस्थापन समितिको सदस्यहरुमा सुनील गुप्ता (जीतपुरसिमरा ७ का वडाध्यक्ष), हिराबहादुर गुरुङ्ग (जीतपुरसिमरा १ का वडाध्यक्ष) र भोजबहादुर खत्री (जीतपुरसिमरा ४ का वडाध्यक्ष)लाई बनाएको छ । भने विधेयक समितिको संयोजकमा वडा नम्बर १० का वडा अध्यक्ष संजय पटेलको नेतृत्वमा पनि ४ सदस्य चयन गरेको छ । जसमा सदस्यहरु हरिदेव खरेल (जीतपुरसिमरा १६ का वडाध्यक्ष), मायादेवी चौधरी (कार्यपालिका सदस्य) र दिपेन्द्र चौधरी (जीतपुरसिमरा ५ का वडाध्यक्ष) लाई वातावरण तथा विपद व्यवस्थापन समितिको अधिकार दिइएको छ । यो संगै जितपुएअसिमरामा सम्पुर्ण विषयगत समितिले पुर्णता पाएको हो ।






















Discussion about this post