बारामा ९ हजार ६ सय ८६ विद्यार्थी एसइईमा सहभागी

385
SHARES
506
VIEWS

बारा । आज विहिबारदेखि सुरू भएको  माध्यमिक शिक्षा (एसइई) परीक्षामा बाराका ९ हजार ६ सय ८६ जना विध्यार्थीहरु सहभागी भएका छन् । जसमा छात्रतर्फ ४ हजार ७ सय ९२ जना छन् भने छात्रातर्फ ४ हजार ८ सय ९४ जना रहेकाे जिल्ला शिक्षा विकास तथा समन्वय इकाई बाराका प्रमुख निम प्रकाश सिह राठौरले बताए।
प्रमुख राठौरका अनुसार जिल्लामा सामुदायिक तर्फ एक सय, संस्थागत तर्फ ५१ वटा र खुलातर्फ एक गरी जम्मा १ सय ५२ वटा विद्यालयका विद्यार्थीहरु परिक्षामा सम्मिलित रहेका छन् ।
परिक्षामा सहभागी हुनेहरुमा साधारण नियमिततर्फ ८ हजार एक सय ३३ जना, साधरण ग्रेडबृद्धितर्फ ९ सय ७५ जना, प्राविधिकको नियमिततर्फ ३ सय ७६ जना, प्राविधिकको ग्रेडबृद्धितर्फ ८७ जना र आर्थिक वर्ष २०७८/०७९ को ग्रेडबृद्धि तर्फ १ सय १५ जना सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित