बारा । निजगढको गौरीशंकर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापती पदमा अनेरास्ववियुका बालकृष्ण हुमागाई विजयी भएको छ । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुका हुमागाईले निकटतम प्रतिव्दन्दी नेविसंघका दावा लामा बोञ्जनलाई ३ मतले पछि पार्दै जित हात पारेको हो । सचिव पदमा भने नेविसंघकी प्रवना लामा विजयी भएकी छिन । लामाकी निकटम प्रतिस्पर्धी अनेरास्ववियुकी प्रेक्षा उप्रेतीलाई १० मतको अन्तरले पराजित गरेको हो । प्रत्यक्षतर्फको अन्य सबै ५ जना सदस्यमा पनि नेविसंघकै उम्मेदवारहहरु विजयी भएका छन । आज बुधबार दिउसोबाट गणना शुरु भएको प्रत्यक्षतर्फका उम्मेदवारहरुको मत परिणाम बेलुका ८ बजे मात्रै सार्वजनिक भएको हो ।






















Discussion about this post