जितपुरसिमरा-७ का वडा अध्यक्ष गुप्तालाई आपराधिक ज्यान मार्ने मुद्दा दर्ता

396
SHARES
521
VIEWS

बारा । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका– ७ का वडा अध्यक्ष सुनिल गुप्ताविरुद्ध डाँका, आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । बारा प्रहरीले उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिएको छ । चैत १ गते होलीका दिन राति जीतपुरसिमरा– ७ निवासी परशुराम गिरीको घरमा जबरजस्ती प्रवेश गरी कुटपिट, गालीगलौज तथा ज्यान मार्ने प्रयास गरेको आरोप वडा अध्यक्ष गुप्तामाथि लागेको छ । घटना सम्बन्धमा चैत ३ गते साँझ पक्राउ परेका गुप्तालाई सात दिन हिरासतमा राखी अनुसन्धान अघि बढाइएको बारा प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले जानकारी दिए । घटनाको सिसिटिभी फुटेज सार्वजनिक भएपछि वडा अध्यक्ष गुप्ता नेतृत्वको समूहले गिरीको घरमा आक्रमण गरेको स्पष्ट भएको प्रहरीको दाबी छ । घटना क्रममा परशुराम गिरीले आफ्ना छोरा र नाति आक्रमणमा परेको भन्दै ज्यान जोगाउन लाइसेन्स प्राप्त बन्दुकबाट हवाई फायर समेत गरेका थिए । घटनाको प्रारम्भिक अनुसन्धानपछि जिल्ला प्रशासन कार्यालयले दुवै पक्षलाई राखेर मेलमिलाप गराउने प्रयास गरे पनि सहमति हुन नसकेपछि बारा प्रहरीले वडा अध्यक्ष गुप्तालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएको हो । गुप्ता २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेको सुर्य चुनाव चिन्हबाट निर्वाचित भएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित