बारा जिल्ला तेक्वान्दो संघको तेस्रो साधारण सभा सुझावसहित सम्पन्न

412
SHARES
542
VIEWS

निजगढ । बारा जिल्ला तेक्वान्दो संघ, निजगढको शनिबार तेस्रो साधारण सभा सम्पुर्ण सुझावसहित सम्पन्न भएको छ ।

निजगढ–८ स्थित कभर्ड हलमा आयोजित साधरण सभामा नेपाल तेक्वान्दो संघ मधेस प्रदेशका महासचिव राजकुमार लामाले उदघाटन गरेका थिए ।

संघका अध्यक्ष चित्रकुमार लामा ‘नन्दु’ को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भने सचिव दिपककुमार खड्काले गरेका थिए ।

सभामा अध्यक्षको प्रस्तुत गरेको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन सुझावसहित पारित भएको छ । संघका सदस्य नवराज खड्काले प्रतिवेदन बाचन गरेका थिए ।

कार्यक्रममा संघका महासचिव लामा, खेलकुद विकास समिति बाराका कार्यालय प्रमुख हेमलाल श्रेष्ठलगायत सहभागि थिए ।

कार्यक्रमको अवसरमा उत्कृष्ट तेक्वान्दो डोजाङ्गको सम्मान निजगढ–१ सिंगौलस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय तेक्वान्दो डोजाङ्ग घोषित भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि राजकुमार लामा र संघका अध्यक्ष चित्रकुमार लामाले डोजाङ्ग प्रमुख मानबहादुर तामाङ्गलाई सम्मान–पत्रसहित सम्मानित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित