बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट एक अवरुद्ध पूर्व–पश्चिम राजमार्ग ३ घण्टापछि खुले

392
SHARES
516
VIEWS

बारा । जङ्गली हात्तीको आक्रमणबाट बर्दियाको ठाकुरबाबामा एक जनाको ज्यान गएपछि उचित राहत तथा क्षतिपूर्तिको माग गर्दै बिहानदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुलेको छ । तत्काल काजकिरियाबापत केही रकम थप गरी दिने लगायतका मागमा सहमति भएपछि दिउँसोदेखि राजमार्ग खुलेको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । गएराति १० बजेतिर निकुञ्ज भित्रबाट गाउँमा पसेको जङ्गली हात्तीको आक्रमणबाट ७१ वर्षीय बोलीराम थारुको ज्यान गएको थियो । घर नजिकै गहुँ खेतमा केही आवाज आएको थाहा पाएपछि हेर्न घरबाहिर निस्किएका थारुको हात्तीले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । थारुकी श्रीमतीले भने भागेर ज्यान जोगाउन सफल भएकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित