बारा प्रहरीले फरार प्रतिवादी पक्राउ र लागू औषध बरामद

387
SHARES
509
VIEWS

बारा । बारामा प्रहरीले अवैध लागू औषध बरामद गर्नुका साथै फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले जिल्लाका विभिन्न स्थानहरूमा गरेको कारबाहीमा लागू औषध सहितका व्यक्तिहरू नियन्त्रणमा लिइएका छन् । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका– ६, सतुवाई बोर्डर क्षेत्रमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक विजय महतोको नेतृत्वमा खटिएको प्रहरी टोलीले गस्तीका क्रममा भारतको घोडासहनबाट नेपालतर्फ आइरहेको एक व्यक्तिले प्रहरीले देख्ने बित्तिकै प्लास्टिकको बोरा फालेर भागेको थियो । प्रहरी टोलीले उक्त बोरा खोली जाँच गर्दा पाँच वटा साना कार्टुनभित्र ठूलो परिमाणमा लागू औषध लुकाएर राखिएको फेला परेको थियो । बरामद लागू औषधहरूमा डाइजेपाम, ५०० एम्पुल, नुर्फिन ५०० एम्पुल, र फेनार्गन ५०० एम्पुल गरी जम्मा १५ सय एम्पुल रहेको प्रहरीले जनाएको छ । प्रहरीले लागू औषध नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ । यसैबीच, फरार प्रतिवादी पक्राउ गर्ने क्रममा प्रहरीले बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका दुई जना फरार व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरूमा कलैया १६ का राघव प्रसाद कानु, जसलाई चेक अनादर मुद्दामा कारबाही भई एक हजार जरिवाना तोकिएको थियो, र कलैया उपमहानगरपालिका–२१ का नरेश गिरी, जसलाई मोटरसाइकल चोरीको मुद्दामा २०० जरिवाना तोकिएको थियो । उनीहरूलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत कलैयामा पेश गरेको छ । त्यस्तै, लागू औषध ओसारपसार गर्ने क्रममा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका– ३ बजनी, वीरगञ्ज–पथलैया सडक खण्डमा अस्थायी प्रहरी पोष्ट रामबनबाट प्रहरी निरीक्षक दिलीप कुमार सिंहको नेतृत्वमा चेकजाँच गर्दै गर्दा हेटौंडाबाट वीरगञ्जतर्फ गइरहेको ना ८ ख ६०६१ नम्बरको माइक्रोबस जाँच गर्ने क्रममा १३ किलो गाँजा फेला पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित