मोटरसाइकल एकआपसमा ठोक्किदा २ जना घाइते

391
SHARES
514
VIEWS

बारा । निजगढस्थित पुर्व पश्चिम महेन्द्र राजमार्ग निजगढमा २ वटा मोटरसाइकल एकआपसमा ठोक्किदा २ जना घाइते भएका छन । काठमाण्डौंबाट बरहथवा जादै गरेको म.प्र.०३–०३३ प ९१५९ नम्बरको मोटरसाइकल र सोही दिशा जादै गरेको गरेको ना २७ प ९५९० नम्बरको मोटरसाइकल बायाँ मोड्न खोज्दा दिउसो १.२५ बजे एक आपसमा ठोक्किएर दुर्घटना हुदा  म.प्र.०३–०३३ प ९१५९ नं. को मोटरसाइकल चालक सर्लाही बरहथवा नगरपालिका ३ पथलैया टोल बस्ने अशोक महत्तोको छोरा बर्ष २२ को अरुण कुशवाहा र ना २७ प ९५९० नं.को मोटरसाइकल चालक बारा निजगढ नगरपालिका ७ योजना टोल बस्ने बर्ष ५० को मोहन डि.सि.घाइते भएका हुन । डिसीको हात, खुट्टा र टाउकोमा चोट लागेको र थप उपचारको लागी भरतपुर चितवन मेडिकल कलेज अस्पताल  चितवनतर्फ पठाईएको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिए । प्रहरीले दुबै सवारी साधन नियन्त्रणमा राखेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित