बारा । वन डढेलो नियन्त्रण बाराकालागी आज मंगलबार निजगढमा सरोकारवालाहरुको बैठकले वन डढेलो नियन्त्रण संजाल गठन गरेको छ । निजगढ ७ स्थित जनज्योति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खड्गबहादुर मोक्तानको संयोजकत्वमा गठन गरिएको सो संजालको उपाध्यक्षमा लिलाबहादुर राउत र सदस्यहरुमा सदस्यमा क्षेत्रकुमारी थापा, दिपककुमार श्रेष्ठ, शेखर लोप्चन, रमा न्यौपाने, रामबहादुर थापा, राजनप्रसाद तिमल्सिना, सशस्त्र प्रहरी विपद् व्यवस्थापन गण निजगढका डिएसपी विजय हमाल, इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहा, पत्रकार जितलाल श्रेष्ठ, निजगढ वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चन र निजगढ सब डिभिजन वन कार्यालय निजगढका रेञ्जर निरज पोखरेल रहेका छन । बैठकले वन उपभोक्ता समूहहरुले आगामी चैत्र १ देखी ७ गत सम्म हुने वन डढेलो सप्ताह भव्यताका साथ मनाउने निर्णय पनि गरेको उनले जानकारी दिए ।






















Discussion about this post