बारा । नेकपा एमाले मधेस प्रदेश कमिटीले एमाले नेतृ पुर्व उपमेयर लिलादेवी खनाललाई निजगढ नगरपालिका कमिटीको इन्चार्जको जिम्मेवारी दिएको छ । मधेस प्रदेश कमिटीको बैठकले खनालसहित प्रदेश कमिटी सदस्यहरुलाई पालिका र प्रदेशसभा (क) र (ख) कमिटीको जिम्मेवारी तोकेको हो । मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलका अनुसार त्रिलोकी चौधरीलाई बारा क्षेत्र नम्बर १ प्रदेश सभा (क), ढुण्डीराज उप्रेतीलाई प्रदेशसभा (ख), किशोर शर्मा क्षेत्र नम्बर २ प्रदेश सभा (क), रामनाथ बैठ क्षेत्र नम्बर २ प्रदेश सभा (ख) को इन्चार्जको जिम्मेवारी दिइएको छ । त्यसैगरी पार्टीले अशोक तिवारीलाई क्षेत्र नम्बर ३ प्रदेश सभा (ख) को जिम्मेवारी तोकिएको छ । उक्त क्षेत्रमा प्रदेश सभा (क) को इन्चार्ज भने हाललाई रिक्त नै राखिएको छ । त्यसैगरी पार्टीले देवनारायण चौधरी र मोविन आलमलाई क्षेत्र नम्बर ४ प्रदेश सभा (क) र (ख) को इन्चार्जको जिम्मा दिएको छ । त्यसैगरी पालिकातर्फ कोल्हबीमा ज्ञानु केस, बारागढीमा सुदर्शन कोइराला, आदर्शकोतवालमा दुर्गा कोइराला, करैयामाईमा सीता गुरुङ्ग, महागढीमाईमा राजेश साह, पचरौतामा जालन्धर सिंह, सुवर्णमा बन्दना सिंह, देवतालमा राजमहमद राय र फेटामा अमर यादव पार्टीको तर्फबाट इन्चार्ज तोकिएको छ । कलैया उपमहानगरपालिकामा रविन्द्र दास श्रेष्ठ, जीतपुरसिमरामा सुभद्रा न्यौपाने, परवानीपुरमा उमेश गुप्ता, प्रसौनीमा सुनिल पाल र विश्रामपुरमा धर्मदेव यादव इन्चार्ज बनेको छ । सिम्रौनगढ नगरपालिकामा भने हालको लागि पार्टी इन्चार्ज पद रिक्त नै राखिएको छ ।






















Discussion about this post