बारा । निजगढ नगरपालिका ५ को सडकटोल क्षेत्रमा आज मंगलबार बिहान जंगली हात्ती देखापरेको छ । बकैया खोलापारिको जंगलबाट आएको एउटा हात्ती बिहान सबेरै गाउँ नजिककै पश्चिमतर्फ स्थानीय किसानको खेतबारीमा देखापरेको वडा नम्बर ६ का स्थानीयले जानकारी दिए । उनका अनुसार हात्तीले किसानको बालीमा खासै क्षति गरेको नपाइएको जानकारी दिए । सडकटोलको उत्तरतर्फ शान्ति टोल हुदै सो हात्ती निजगढ ५ को खोल्मा टोल भएर भमराखोला पारीको जंगलमा पसेको थियो ।






















Discussion about this post