लागूऔषध न्यूनीकरणमा सञ्चार माध्यमको प्रभावकारी भूमिका महत्त्वपूर्ण’

387
SHARES
509
VIEWS

बारा । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ सँगको सहकार्यमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाले लागूऔषध न्यूनीकरणमा पत्रकारको भूमिका विषयक अन्तर्क्रिया सम्पन्न गरेको छ । मंगलबार जिल्लाको महालक्ष्मी स्थानमा आयोजित कार्यक्रममा लागू औषधसम्बन्धी कसरी समाचार सम्प्रेषण गर्नेलगायत पत्रकारको दायित्वसम्बन्धी सञ्चारकर्मीहरूलाई प्रशिक्षण दिइएको हो ।

यससम्बन्धी गोदावरी नगरपालिका–३ का वडाध्यक्ष सानुराजा घिमिरे, नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव रोसन पुरीलगायतले प्रस्तुति दिए ।

पछिल्लो समय लागू औषधबाट युवा वर्ग बढी प्रताडित भएको र उनीहरूलाई सचेतना फैलाउन सञ्चार माध्यमले प्रभावकारी भूमिका महत्त्वपूर्ण भएको वडाध्यक्ष घिमिरेको भनाई छ ।  लागू औषध नियन्त्रणको अभियान समेत चलाएका ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष घिमिरेले धेरै युवाहरूमा वितृष्ण भएको सोही कारण लागू औषधमा फसेको बताए । ‘लागू औषधले कसरी असर पारेको छ ?, युवाहरू कसरी फस्दै छन् ?, र देशमा यसको असर के छ ?, भन्नेबारेमा सञ्चारकर्मी र सञ्चारमाध्यमले बढी भन्दा बढी ध्यान दिन आवश्यक देखिन्छ,’ उनले भने, ‘वडा नम्बर ३ मा लागू औषध सेवन रोक्न सचेतनाका अभियान गरिरहेका छौँ, प्रहरीसँग समन्वय गरेका छौँ, लागू औषध न्यूनीकरण गरे समाज व्यवस्थित बन्न सक्छ, युवाहरूबाट देश निर्माणमा टेवा पुग्न सक्छ ।’ वडा अध्यक्षले भने उनका अनुसार पछिल्लो समय वयस्क उमेर समूहका युवाहरू कुलत बढ्दो क्रममा छ । वडा कार्यालयले युवाहरूलाई यसबाट टाढा राख्न विभिन्न सचेतनाका कार्यक्रमहरू समेत गरेको हो ।

कार्यक्रमको दोस्रो सत्रमा अन्तर्क्रिया राखिएको थियो । महासंघका निवर्तमान महासचिव पुरीले विज्ञका रूपमा रोशन पुरीले प्रस्तुति दिए । उनले लागू औषध तथा सुर्तीजन्य पदार्थ नियन्त्रणबारे सञ्चार माध्यमहरू चनाखो भएर समाचार सामाग्री सम्प्रेषण गर्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले पछिल्लो समय जारी गरेको पत्रकार आचारसंहिताले पनि लागू औषधलगायत जनस्वास्थ र समाजमा प्रतिकूल समाचार सामग्री सम्प्रेषण गर्न नहुने उल्लेख गरेको छ ।  तर पत्रकार महासंघको केन्द्रीय समितिले यसबारेमा पत्रकारलाई जिम्मेवार बनाउने गरी काम गर्न नसकेको आलोचना गरे ।

प्रस्तुतिकै क्रममा पुरीले नेपाल पत्रकार महासंघको इतिहास, विश्व परिवेशलगायतका बारेमा सञ्चारकर्मीहरूलाई जानकारी दिए । उनले पछिल्लो समय पत्रकार महासंघको भूमिका कमजोर हुँदा पत्रकारितामा विकृति बढेको बताए । ‘पत्रकार महासंघको केन्द्रीय समिति अहिले निष्क्रिय जस्तै बनेको छ, तर नेपालमा पत्रकारितामा अनेकौं प्रश्न उठिरहेका बेला महासंघ थप जिम्मेवार भएर लाग्नुपर्ने हो,’ उनले भने ।

 नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले जिल्लाका पत्रकारहरूलाई लागू औषधसम्बन्धी रिपोर्टिङ गर्दा बढी सचेत बनाउन पनि यस प्रकारको तालिम आयोजना गरिएको बताए । तालिममा ८५ जनाभन्दा बढी सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित